सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क करिब २३ प्रतिशत बढ्यो, नाफा कति?

Aug 13, 2025 10:54 AM Merolagani



सगरमाथा लुम्बिनी इन्स्योरेन्स (SALICO) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २२.८६ प्रतिशत बढेको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा भने १२.५३ प्रतिशत घटेको छ। गत अघिल्लो आर्थिक वर्ष ४६ करोड ९ करोड रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा घटेर १५ रुपैयाँ ३७ पैसामा झरेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४ठ.२३ गुणा रहेको छ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।