सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

Aug 12, 2025 12:25 PM Merolagani



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिका तुलनामा ३.६३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ११.५८ प्रतिशत बढेको छ भने कुल आम्दानी २.०६ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी समीक्षा अवधिमा ५.२९ प्रतिशत र कुल खर्च ३.३६ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८९ पैसा बढेर २५ रुपैयाँ ४१ पैसा रहेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३३.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७४ रुपैयाँ ५६ पैसा रहेको छ।

२ अर्ब ८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९६ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।