समृद्धि फाइनान्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 27, 2020 08:00 AM Merolagani

समृद्धि फाइनान्स लिमिटेड (SFCL) ले निष्काशर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

फाइनान्सले २०० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात भदौ १२ गते बुकक्लोज गर्नेछ।

फाइनान्सले चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँको १ बराबर २ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

भदौ १२ गतेभन्दा अघिल्लो दिन अर्थात भदौ ११ गते (आज) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

फाइनान्सको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

हकप्रदपछि फाइनान्सको चुक्ता पुँजी ५४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

भदौ १० गते बुधबार नेप्सेमा फाइनान्सको शेयर प्रतिकित्ता १२९ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus