गत साता दैनिक औषतमा करिब ३ अर्बको शेयर कारोबार

Sep 06, 2020 07:09 AM Merolagani



गत साता दैनिक औषतमा करिब ३ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। पाँच कारोबार दिनमध्ये चार कारोबार दिनका लागि मात्र खुला रहेको बजारमा गत साता करिब १२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।

गत साताको नेप्सेमा दैनिक औषतमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो साताको तुलनामा १ अर्ब २ करोड रुपैयाँ बढी हो। अघिल्लो साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यसैअनुसार नेप्सेको पछिल्लो २० दिनको औषत कारोबार रकम पनि बढेको छ। अघिल्लो साता १ अर्ब ३५ करोड रुपैयाँ रहेको यस्तो २० दिनको औषत कारोबार रकम गत साताको अन्तिम कारोबार दिन १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

गत साता नेप्सेले १५२० विन्दुमा प्रतिरोधको सामना गर्ने विश्लेषण गरेको थियो। सोही अनुसार गत साता नेप्सेले सोही विन्दु वरिपरि प्रतिरोधको सामना गरेर फर्केको छ। गत साता नेप्से १५२६.४३ विन्दुसम्म पुगेको थियो।

गत बिहीबार १५१०.४२ विन्दुमा बन्द भएको नेप्से, यस साता उकालो लागेमा १६०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने १४४० विन्दुमा टेवा पाउने देखिन्छ।

फियर एण्ड ग्रीड मिटरमा नेप्से अहिले ग्रीड जोनमा छ। यसले लगानीकर्ताहरु बजार बढ्ने अपेक्षामा रहेको संकेत गर्दछ।

अन्य उपसमूह

गत साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १२.९१ प्रतिशत बढेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन ८८०.२६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ११३.६१ अंक बढेर ९९३.८७ विन्दुमा पुगेर बन्द भएको थियो। यो यस उपसमूहको हालसम्मकै उच्च विन्दु हो। यस उपसमूहमा रहेका कम्पनीहरुको शेयरमूल्य उच्च दरले बढेसँगै यस उपसमूहको परिसूचक बढेको हो।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।