एक प्रतिशत बढ्यो नेप्से, ३ अर्बभन्दा बढीको शेयर कारोबार, ५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

Sep 13, 2020 05:41 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १.०९ प्रतिशत बढेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ।

यस दिन १९१ कम्पनीको ३९ हजार ६१० पटकको कारोबारमा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको ७१ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

गत साताको बिहीबार झै यस दिन पनि नेप्सेको टिएमएसमा समस्या देखिएको थियो। बजार खुलेको ८ मिनेटमा नै टिएमएसमा समस्या देखिएको हो। समस्या आएपछि नेप्सेले कारोबार रोक्का गरेको थियो। गत बिहीबार जस्तै यस दिन पनि समस्या समाधान भएपछि २ः१५ देखि कारोबार सुचारु गरिएको थियो।

बजार उकालो लागेसँगै यस दिन ५ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स लाइफ इन्स्योरेन्स, एनआरएन लघुवित्त, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, राधी विद्युत कम्पनी र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको नबिल ब्यालेन्स्ड फण्डको इकाई मूल्य भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.०५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन हाइड्रोपावर र होटल उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको करिब ३ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको यस दिन २४ करोड २० लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्स, नागरिक लगानी कोष, शिवम् सिमेन्ट्स र प्रिमियर इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।