कृषि बीमाको दायरा विस्तार हुँदै, एक वर्षमा ६०८ प्रतिशत सम्मले बढ्याे

Sep 14, 2020 08:55 AM Merolagani

निर्जीवन बीमामा कृषि बीमाको योगदान न्यून देखिएपनि यसको दायरा भने विस्तारै बढ्दै गएरहेको छ । बीमा समितिको तथ्यांक अनुसार कृषि बीमा सुरु भए देखि नै यसको दायरा बढ्दै गएको  हो ।

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब १८ करोड १६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको २५ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ कुल बीमा शूल्कको ४.५७ प्रतिशत मात्रै हो ।

यसको आधारमा निर्जीवन बीमा क्षेत्रमा कृषि बीमाको योगदान न्यून देखिएपनि यसको दायरा विस्तार हुदै गएको देखिएको छ । कृषि बीमा शुरु भएको सात वर्षको अवधिमा निरन्तर रुपले बढ्दै गइरहेको छ ।

कृषि बीमा शुरु भएकाे पहिलो वर्ष अर्थात आर्थिक वर्ष २०७०/७१ मा निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाबाट कुल २ करोड २६ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्ष सम्म आइपुग्दा कृषि बीमाको दर बढेर एक अर्ब १८ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७१/७२ मा निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमा बापत १६ करोड ७ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । यो पहिलो वर्षको तुलनामा ६०८.२४ प्रतिशतले बढी हो ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा ७३.३९ प्रतिशतले बढेर २७ करोड ८७ लाख रुपैयाँ पुगेको थियाे । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कृषि बीमा बापत एक अर्ब ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यो आर्थिक वर्षको यहि अवधिको तुलनामा १७.६१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कृषि बीमाबाट एक अर्ब १८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिले कृषि बीमा सुरु गरेदेखिनै यसको दायरा विस्तार हुँदै आइरहेको छ । सरकारले समेत कृषि बीमालाई उच्च प्राथमिकतामा राख्दै आएको छ । सरकारले कृषि बीमामा कुल बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने गरेको छ ।

सरकारले कृषकहरुलाई कृषि बीमा कार्यक्रममा व्यापक सहभागिता गराउने उदेश्यले बीमा शूल्कको अनुदान दिँदै आएको भएपनि अपेक्षा अनुसार कृषकहरुको सहभागिता देखिदैन् । नीतिगत अप्ठ्यारो, भुक्तानीमा समस्या लगायतको झन्झटका कारण कृषि बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।

बीमा समितिले कृषि बीमालाई जाेड दिँदै आएको जनाएको छ । समितिका शुशिलदेव सुवेदीले कृषि बीमा विस्तारको लागि जोड दिइरहेको बताएका छन् । सरकारको योजना अनुरुप समितिले पनि कृषि बीमा विस्तारको लागि विभिन्न सचेतना मुलक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको उनको भनाइ छ ।

बीमा समितिका ७७ वटै जिल्लामा २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेर जिम्मेवारी दिएको छ । तोकिएका कार्य क्षेत्रमा र घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा गर्नुपर्नेछ । कृषकलाई बीमासम्बन्धी जनचेतना जगाउने र बीमाका लागि अभिप्रेरितसमेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको समितिले जनाएको छ ।

कुन जिल्लामा कुन कम्पनी ?

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समेत कृषि बीमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापीरुपमा लागू गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यअनुसार नै समितिले जिल्ला नै तोकेको हो ।

समितिका अनुसार नेपाल इन्स्यारेन्सले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कृषि बीमाको काम गर्नुपर्नेछ । यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाम जिल्ला तोकिएको छ ।

एभरेष्ट इन्स्योरेन्सले कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्स्योरेन्सले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देही जिल्लामा कृषि बीमा गर्नुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सले गोरखा, लम्जुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कृषि बीमा गर्नुपर्नेछ ।

समितिले आइएमई जनरल इन्स्योरेन्सलाई सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्सलाई संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सलाई ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरियण्टल इन्स्योरेन्सलाई धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सलाई रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची कृषि बीमाको लागि तोकिएको कार्यक्षेत्रहरु हुन् ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्व रुकुम र रौतहटका कृषि बीमा गरिरहेको छ । काठमाण्डौ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।