यस पुस्तकमा लेखकले डेब्ट अर्थात ऋणको बारेमा चर्चा गरेका छन्। अधिकांश मानिसहरु जस्तो सुकै भएपनि ऋण ऋण नै हो भन्ने सोच्छन्। कतिपय मानिसहरु ऋण लिन डराइरहेका हुन्छन् भने केही ऋण लिएर नै खर्च तथा लगानी गरिरहेका हुन्छन्। उनका अनुसार ऋण दुई प्रकारका हुन्छन्। सोही दुई प्रकारका ऋणको बारेमा यस पुस्तकमा चर्चा गरिएको छ। शुरु गरौँ पुस्तक सारांशको चाैथाे भागः
अध्याय ३ः बर्न रेटः आम्दानीले होइन खर्चले सम्पत्ती निर्धारण गर्दछ
जसरी काम गर्दा आफुले निर्धारण गरेको समयभन्दा बढी लाग्ने गर्दछ, त्यसरी नै खर्च गर्दा आफुसँग भएको पैसा सबै जान सक्छ अझ त्योभन्दा पनि धेरै जान सक्छ। आफ्ना सबै जरुरत र इच्छाहरुलाई पुरा गरिरहेका छौँ भने खर्चलाई एक समस्याको रुपमा हेर्न मुस्किल छ। वास्तवमै हामी समाधानको लागि समस्या नै देख्दैनौँ।
आम्दानीले नै धन बढाउँछ भन्ने भ्रम अमेरिकीहरुमा महामारीको रुपमा फैलिएको छ। आम्दानी एक बगीरहेको खोला जस्तै हो, धन भनेको ताल या जलाशय जस्तो हो। बचाइएको आय धन हो, खर्च गरिएको आम्दानीले सुन्दर सम्झाना ल्याउन सक्दैन।
यदि तपाईले निरन्तर कमाउनु भएको सबै खर्च गर्नुहुन्छ भने, तपाइ कहिले पनि आर्थिक रुपबाट बलियो हुन सक्नुहुन्न। अधिकांश मानिसहरु आवश्यकता तथा जरुरत र इच्छामा कन्फ्युज हुन्छन्। हरेक व्यक्तिसँग त्यस्ता इच्छा हुन्छन् जुन वास्तविक आवश्यकताभन्दा धेरै ठूलो हुन्छ।
बर्न रेटको परिभाषा
तपाईको बर्न रेट वास्तवमा त्यो पैसा हो जुन हरेक महिना तपाईले त्यहि ठाउँमा खर्च गर्नुहुन्छ–तपाईको यथास्थिति। यसमा बाँच्नका लागि चाहिने सबै स्थिर खर्च समावेश हुन्छर त्यसले तपाईलाई सँधै खरिद गर्न घचघच्याइरहन्छ।
तपाईको बर्न रेट तपाईको कुल वित्तीय दायित्वका हो। यसका साथै खाना, आश्रय र केही अन्य खर्चहरु पर्छन्। सामान्य अर्थमा भन्दा, ती खबै खर्च जसले तपाईको सम्पत्ती बढाउँदैन, त्यो बर्न रेट हो। बर्न रेट त्यो हो जुन खपत हुन्छ र सँधैको लागि जान्छ। करहरु तपाईको बर्नरेटको प्रमुख हिस्सा हुन्, यसका साथै खाना, आश्रय र यातायात पनि।
लेरी (एलईआरआई) भेट्नुस्
तपाई आफ्नो बर्न रेटलाई आफ्नो अस्तित्वको लागि फिक्स्ड कस्टको रुपमा सोच्न सक्नुहुन्छ। तपाईको बर्न रेटभन्दा बढी आम्दानीको अंश मात्र धन निर्माण गर्न वा मेहेनतबाट स्वतन्त्रताको लागि उपलब्ध हुन सक्छ। धनी बन्नको कुनै गोप्य कुरा छैन–तपाईले आफ्नो बर्न रेट कम गर्नुपर्नेछ या तपाईको आय बढाउनुपर्छ या दुबै गर्नुपर्छ।
यसलाई छोटकरीमा लेरी (एलईआरआई) पनि भन्न सकिन्छ, अर्थात लोवर एक्स्पेन्सेस अर रेज इन्कम (खर्च कम गर्नु वा आम्दानी बढाउनु)। तपाईले बर्न रेट र आम्दानी बीचको भिन्नता थाहा लिनुहोस र बुद्धिमानी पूर्वक लगानी गर्नुहोस्। यो तपाईको बर्न रेटभन्दा बढी आम्दानीको अंश मात्र हो जुन धन निर्माण वा सेवानिवृत्तिका लागि उपलब्ध हुन्छ।
जब तपाईको आम्दानी बढ्छ, तपाईको जीवनशैली बढाउनका लागि प्रलोभनको विरोध गर्नुहोस्। हामी सबैलाई ऋणभन्दा पहिले यो कुन श्रोत कहाँ खर्च गर्ने भन्ने कुरा छनोट गर्न स्वतन्त्रता दिइएको हुन्छ। जब हामीसँग ऋण र मासिक ठूलो खर्च हुन्छ तब ऋणका ४ प्रभावहरु शासन गर्न थाल्छन्। हामी स्वतन्त्रता, क्यासफ्लो, समय र अवसर घटेको महसुस गर्नुहुनेछ।
यदि तपाईको उमेर ४० वर्ष छ, हरेक वर्ष १०० डलरका दरले तपाईले ६५ वर्षसम्ममा १ लाख ३२ हजार डलर बर्न खर्च हुनेछ। बर्न रेट त्यो हो जसले तपाईको आम्दानीलाई जलाउँछ। यदि तपाईको आउटगो तपाईको आम्दानीभन्दा बढी छ भने संरक्षण तपाईको पतन हुनसक्छ।
धेरै मानिसहरुसँग धनको एक रुप हुन्छ, तर अनुशासनको अभाव र बेलगाम चाहनाका कारण यसको शक्तिलाई इन्कार गर्दछ। उनीहरु सबै आत्म भ्रमित हुने बहाना हो।
लेखक तिनीहरुलाई ‘गोल्डब्रिकर्स’ भन्छन् किनकी उनीहरुले सतहमा सम्पत्ती प्रोजेक्ट गर्ने कोशिस गर्छन्, तर जब तिनीहरुलाई स्क्रयाच गरिन्छ तपाई आफ्नो लक्ष्य केवल पनि सुन जलप हो भन्ने थाहो हुनेछ। हामी आफ्नो खर्च तथा ऋण जम्मा गर्दा गरिब हुँदै जान्छौँ।
सफलताको लागि दृढ संकल्प लिनुहोस्।
आम्दानीको प्रतिशतको रुपमा तपाईको बर्न रेट तपाईको अन्तिम सफलता या असफलताको सबैभन्दा सटीक भविष्यवक्ता हो। अकिांश करोडपतिहरुले पैसा कमाए, सन्तुष्त भएनन् र आफ्नो बर्न रेट घटाउँछ। धनले तपाईलाई आफुसँग भएकोभन्दा बढी बनाएर दिन्छ।
यहाँ यूएस ब्यूरो अफ सेन्ससका तथ्यांकहरु छन् जुन सामान्य रुपमा प्रेरणादायक र वित्तीय वक्ताहरु अधिकांश समय भनिरहेका हुन्छन्, जुन अधिकांश मानिसहरु रिटायरमेन्टपश्चात आफुलाई पाउँछन्ः
- ९० प्रतिशत मानिसहरु आंशिक अथवा पूर्ण रुपमा सरकारमाथि या परिवारमा निर्भर हुन्छन्।
- ५ प्रतिशतसँग आफुलाई पुग्ने हुन्छ।
- ४ प्रतिशत राम्रै अवस्थामा छन्।
- १ प्रतिशत एकदमै धनी छन्।
जब तपाईको उमेर ढल्किँदै जान्छ, तपाईले पैसाभन्दा समयलाई बढी महत्व दिएको पाउनुहुन्छ। यो विशेष गरी जब तपाई धन जम्मा गर्न शुरु गर्नुहुन्छ तब सत्य हुन्छ।
जागीर दीर्घकालिन समस्याको लागि अल्पकालिन समाधान हो। तपाई साथीहरुलाई भन्न कोशिस गर्नुहोस्, ‘म अहिले कम छनोट गर्नेछु ताकी पछि धेरै जम्मा गर्न सकुँ’। मेहेनतले मात्र सम्पत्ती निर्माण हुँदैन। सम्पत्ती जम्मा गर्नुमा निर्भर हुन्छ। योे खर्चपश्चात कति बाँकी रहन्छ भन्ने कुराले निर्धारण गर्छ। पैसा जसको स्वामित्वमा छ उनीहरु उदासीन छन्।
पूँजीकरणका लागि पूँजी हुनु जरुरी छ। तपाईको भाग्य तपाईको आम्दानीले होइन बर्न रेटले निर्धारण गर्दछ। सही दिशाको लामो इमान्दारीताले सफलता दिलाउँछ। जीम रोन भन्छन्, ‘तपाइको दृष्टिले तपाई वस्तुहरु देख्नसक्नुहुन्छ भने सुझबुझका साथ तपाईले ती चीजहरुको जवाफ पाउनुहुन्छ।
बर्न रेटलाई कम गर्नुहोस्। खर्चको भावनालाई नियन्त्रण गर्नुहोस्। मच्योर जीवनका लागि केही महत्वपूर्ण छनोट गर्नुहोस्। धन प्राप्त गर्न र त्यसलाई जोगाउन पनि तपाईको आम्दानीले फरक पर्दैन, मात्र तपाईले खर्च गर्ने रकमले फरक पर्छ।
सबै पैसा खर्च नगर्नुस्। मेहेनतले मात्र सफलता दिलाउँदैन। हामीले पूँजी र ज्ञान पनि जम्मा गर्नुपर्छ।
अध्याय ४ः सन्तुष्टिमा ढिलाइः यसलाई प्राप्त गर्न हतार नगर्नुस्
सिसेरो लेख्छन्, ‘कुनैपनि वस्तु खरिदका लागि उन्माद नहुनु भनेको राजश्व जम्मा गर्नु हो।’
सन्तुष्टिमा ढिलाइः आम्दानीभन्दा खर्च कम गर्नुहोस्, आफ्नो भविष्यलाई जम्मा गर्नुहोस्, आफुले कमाएको भन्दा बढी लगानी गर्नुहोस्, भविष्यको लागि जम्मा गर्नुहोस्, पुनः कमाएकोभन्दा बढी लगानी गर्नुहोस्, आत्म शिक्षालाई निरन्तरता दिनुहोस्। आफ्नो व्यक्तिगत जिम्मेवारी र आफनो नियन्त्रण कायम राख्नुहोस्। हामी कहाँ गरिब मानिस भन्दा कमजोर खर्च गर्ने बानी भएका मानिसहरु धेरै छन्। सन्तुष्टिमा ढिलाइ गर्नु भन्नुको अर्थ ढिलाइ गर्न नसक्नेहरुभन्दा फरक र राम्रो सफलता प्राप्त नहुन्जेलसम्म निरन्तरता दिनु हो।
बर्न रेटको सिद्धान्त बुझ्न र बुझाउन जति सजिलो छ या भनौ गणना गर्न जति सजिलो छ, त्यति नै गाह्रो यसलाई नियन्त्रण गर्न छ। यसलाई नियन्त्रण गर्न अथाह भावनाको आवश्यकता पर्दछ। बर्न रेट र सन्तुष्टिमा ढिलाइ गर्नुको सबैभन्दा उत्तम उपायहरुः
- मापनः हामी प्राय राजनीति रुपमा सही रेकर्ड राख्छौँ, हामी वास्तविकता जान्न चाहँदैनौँ। यदि तपाईसँग एक सटीक लेखांकन छैन भने धोका नै सबैभन्दा सजिलो उपाय हुन्छ।
- भावनामा नियन्त्रणः यसको अर्थ सन्तुष्टिमा ढिलाई
- कार्यान्वयन गर्नुपर्ने योजनाः सिकाइलाई निरन्तरता दिऔँ
- ढिलाईले धन सञ्चय हुन्छ–धन निर्माणको एक प्रमुख तत्व।
सन्तुष्टिमा ढिलाई एक गणितिय समस्या हो जुन प्रायः भावनाहरुबाट विचलित हुन्छ र इच्छाले तपाईलाई सजिलो उत्तरबाट विचलित गर्छ। तपाई कसरी खर्च गर्नुहुन्छ, त्यो एक नैतिक सिद्धान्त हुनुका साथै बौद्धिकताको व्यवहारिक परीक्षण पनि हो। लेखकलाई लाग्छ कि हाम्रा धेरैजसो कमजोर खर्चहरु यी चार क्षेत्रहरुबाट शुरु हुन्छन्, यी सबै होमो कन्जुमराटी हुन्ः
- अपरिपक्व कन्जुमराटी
- भावनात्मक कन्जुमराटी
- स्वार्थी कन्जुमराटी
- उपेक्षित कन्जुमराटी (रोजाइ अनुसार)
क्रमशः