होटल, हाइड्रोपावर र बीमाबाट बैंक तथा वित्तीय संस्थामा 'सिफ्ट' भए लगानीकर्ता

Sep 20, 2020 03:35 PM Merolagani



साताको पहिलो कारोबार दिन नेपाली धितोपत्र बजारमा केही फरक दृश्य देखिएको छ। गत सातासम्म होटल, हाइड्रोपावर तथा बीमा कम्पनीहरुमा आकर्षित भइरहेका लगानीकर्ता यस दिन बैंक तथा वित्तीय संस्थातर्फ 'सिफ्ट' भएको देखिएको छ।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक १.५५ प्रतिशत र विकास बैंकको १.४१ प्रतिशत बढेको छ।

गत साता सर्वाधिक बढेको होटल र हाइड्रोपावर उपसमूहको परिसूचक यस दिन सर्वाधिक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक सर्वाधिक ५.१३ प्रतिशत घटेको छ भने हाइड्रोपावर उपसमूहको ४.०६ प्रतिशत घटेको छ।

पछिल्लो समय बैंकिङ्ग, विकास बैंक र लघुवित्त उपसमूहको परिसूचकबाहेक अधिकांश उपसमूहको परिसूचक बढेको थियो। यी तीन उपसमूहको परिसूचकमा खासै वृद्धि भएको थिएन। बजार बढ्दा पनि यी उपसमूहको परिसूचक नबढेका कारण लगानीकर्ताहरु अहिले यी उपसमूहमा आकर्षित भएको जानकारहरु बताउँछन्।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १९ करोड ४७ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनी र नेपाल बैंक लिमिटेडको यस दिन १० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

११ कम्पनीको शेयरमूल्यमा सर्किट

यस दिन ११ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। कारोबारमा आएका १८८ कम्पनीमध्ये ५ कम्पनीको शेयरमूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो भने ६ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

यस दिन खानीखोला हाइड्रोपावर, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र घलेम्दी हाइड्रोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो भने हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमालय उर्जा, पाँचथर पावर कम्पनी, जोशी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

नेप्से परिसूचक यस दिन ३ अंक बढेर १५७५.१८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स यस दिन १.१२ अंक बढेर ३१३.६२ विन्दुमा पुगेको छ। यस दिन १८८ कम्पनीको २ अर्ब ७४ करोड २७ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।