शोधनान्तर स्थिति ५१ अर्बले बचतमा, बैकिङ्ग क्षेत्रसँग १७ महिनाको बस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिति

Sep 25, 2020 06:07 PM Merolagani



चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा रहेको थियो । 

अयात घटेर निर्यात बढ्दै जाँदा नेपालको शोधानान्तर स्थिति सुधार हुँदै गएको छ।

२०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२ खर्ब ६० अर्ब ३८ करोड पुगेको छ ।

  • बैंकिङ क्षेत्रसँग १७ महिनाको बस्तु आयात धान्ने सञ्चिति

आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रिय बैंकले जनाएको छ।

समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत,१२९.७ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

साउन मशान्तसम्ममा चालु खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई १ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी १ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रहेको थियो ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।