आरम्भ चौतारीको शेयर कारोबार रोक्का

Sep 27, 2020 11:04 AM Merolagani



असोज ११ गते आइतबार नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को कारोबार रोक्का गरेको छ।

लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। सोही कारण आजदेखि आरम्भ चौतारीको शेयर कारोबार रोक्का गरिएको हो।

मर्जर सम्झौता गरेका शालिग्राम र सिवाईसी नेपाल लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी होइनन्।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तको १०० कित्ता र शालिग्राम लघुवित्तको ८५ कित्ता शेयर स्वाप अनुपातमा यी तीन लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन्।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।