आरम्भ चौतारीको शेयर कारोबार रोक्का

Sep 27, 2020 11:04 AM Merolagani



असोज ११ गते आइतबार नेप्सेले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को कारोबार रोक्का गरेको छ।

लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो। आरम्भ चौतारी, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका थिए। सोही कारण आजदेखि आरम्भ चौतारीको शेयर कारोबार रोक्का गरिएको हो।

मर्जर सम्झौता गरेका शालिग्राम र सिवाईसी नेपाल लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी होइनन्।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तको १०० कित्ता र शालिग्राम लघुवित्तको ८५ कित्ता शेयर स्वाप अनुपातमा यी तीन लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन्।

 




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।