नेको इन्स्योरेन्सको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिने

Oct 06, 2020 08:41 AM Merolagani



नेको इन्स्योरेन्स (NIL) ले लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको १० लाख ७० हजार २०६.८४ कित्ता शेयरमा आज (असोज २० गते) देखि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

सो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन्।

सो शेयरको न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।