निर्णय त्यो हो कि ऊ आफैलाई सुपरम्यान मानिरहेका थिए, तर ऊ एक सुपरस्प्रेडर साबित भए। उनलाई फेरि छनौट गर्नु सामूहिक पागलपन हुनेछ।
हुनसक्छ तपाईं यसलाई अर्को तरिकाले हेर्नुहुन्छ। तर, के ट्रम्पका पर्याप्त संख्यामा रहेका मतदाताले अर्को रूप हेर्छन्? यो जो बिडेनको क्षमतामा निर्भर हुन्छ कि यो उनलाई ती साना कुराहरु हेर्न मद्दत गरोस् जहाँ ट्रम्पले मौलिक रूपमा गल्ती गरेको छ।
साना चीजहरूको सूची धेरै लामो छ। महामारीको बेलामा सावधानी अपनाउनु कमजोरीको चिह्न होइन, तर बौद्धिकताको संकेत हो। महामारीमा, अनुहारको मास्क कुनै संस्कृतिको प्रतीक होइन, तर यो सुरक्षाको संकेत हो। महामारीको समयमा मास्क लगाउनुको विरोध गर्नु कुनै स्वतन्त्रतालाई सुरक्षित गर्नु होइन। लकडाउन गर्ने भनेको हाम्रो कुरा गर्ने वा भेटघाट गर्ने अधिकारलाई कम गर्नु होईन।
वैज्ञानिकहरू राजनीतिज्ञ हुँदैनन् र राजनीतिज्ञहरू वैज्ञानिक हुँदैनन्। हाम्रो चाहना मास्क या काम होइन, तर एउटा कामको लागि मास्क हो। ट्रम्पले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये सबैभन्दा पहिलो गल्ती, कसरी देशको नेतृत्व गर्ने थियो? सामान्यतया, हाम्रो नेतृत्व गुण गम्भीर व्यवसाय थियो, तर महामारीमा यो जीवन र मृत्युको प्रश्न बन्यो। डोनाल्ड ट्रम्प महामारीमा एक धेरै खराब नेता साबित भएको छ। एक नैतिक तरिकाले लापरवाह नेता।
मूल्य आधारित नेतृत्वलाई बढावा दिने कम्पनी, एलआरएनका संस्थापक र अध्यक्ष डोभ सिडम्यान भन्छन, ‘जब पनि यो अनिश्चितताको सामना गर्ने समय आउँछ, मानिसहरूले यसलाई एउटा विशेष स्पेक्ट्रममा हेर्ने गर्छन्। उनी व्यक्तिगत स्वतन्त्रताको तुलनामा जिम्मेवारी र जोखिम लिने एक नेताको व्यवहारले उसको मापन गर्दछ।’
उनी भन्छन् कि अन्तिम क्रममा सत्ता र ओहदामा बसेका ति व्यक्तिहरु हुन्, जसलाई मानिसहरूको जीवन बचाउनका लागि दिशानिर्देश गर्ने विश्वास गर्दछन्। कोहीले जिम्मेवारी उठाउँछन्, किनकि उनीहरूलाई थाहा हुन्छ कि संकटको समयमा अधिक मानसहरुलाई उनीहरुको सल्लाहको आवश्यकता पर्छ। अन्य नेताहरू त्यस्तो व्यवहार गर्दैनन्। तिनीहरू वास्तवमा मानिसहरूलाई विज्ञानलाई बेवास्ता गर्न उक्साउँछन्। ट्रम्प त्यस्तै हो। यसैले हामीसँग आज गम्भीर नेतृत्वको संकट छ।
कसलाई विश्वास गर्ने भनेर मानिसहरूलाई थाहा छैन। तर जो नेता जनतासामु बढी सच्चा र विश्वासिला छन्, उनीहरूलाई लामो समयसम्म याद गरिन्छ। तर, ट्रम्प यस्तो छैन। यसैले हाम्रो ज्ञान प्रतिरोधकता, कल्पना र तथ्यलाई छुट्याउने क्षमता र संकटको मिलेर सामना गर्न सक्ने शक्ति आज जोखिममा छ।
ट्रम्पले गरेको दोस्रो गल्ती यो हो कि तपाईं प्रकृतिसँग खेल्न सक्नुहुन्न। तर, ट्रम्पले विश्वलाई बजारको रुपमा हेरे, प्रकृतिको रुपमा होइन। बजारमा संकट नआओस भनी उनी र उनका सल्लाहकारहरूले भाइरसलाई हल्कासित लिइरहे।
मार्चमा ह्वाइट हाउसको प्रेस सम्मेलनमा जब एक पत्रकारले ट्रम्पका सल्लाहकार, केलियान कन्वेलाई भने कि भाइरस नियन्त्रण गर्न सकिएको छैन। कन्वेले जवाफ दिए, ‘के तपाईं वकिल वा चिकित्सक हुनुहुन्छ जसले यो रोक्न सकिरहेको छैन भनिरहेको छ? यो गलत हो। तपाईंले केहि यस्तो भन्नु भयो जुन सत्य होइन।’
ट्रम्प र उनका सल्लाहकारहरू जेसुकै भनोस्, यो गलत थियो र प्रकृतिले यसलाई सारा विश्वभर फैलायो। कन्वेलाई पनि कोरोना भयो। एक महामारीमा, प्रकृतिले तपाइँ र तपाइँको नेतालाई तीन आधारभूत प्रश्नहरू सोध्छ।
१. के तपाईं नम्र हुनुहुन्छ? तपाईं मेरो भाइरस आदर गर्नुहुन्छ? यदि गर्नुहुन्न भने यसले तपाईलाई नोक्सान गर्न सक्दछ।
२. के तपाईंले मेरो भाइरस विरुद्ध प्रतिक्रिया दिनको लागि समन्वय गरि सक्नुभएको छ, किनकि यसलाई मैले कुनै एक व्यक्ति वा समुदायको प्रतिरोधी प्रणाली भङ्ग गर्न बनाएको हो?
३. के भाइरस प्रति तपाईको प्रतिक्रिया भौतिक, रसायन विज्ञान वा जीवविज्ञानसँग मिल्छ? किनकि म यो सबै हुँ। यदि तपाईंको प्रतिक्रिया राजनीति, बजार, विचारधारा वा चुनाव क्यालेन्डरमा आधारित छ भने, तपाईं असफल हुनुहुनेछ र समुदायले नै कष्ट दिनेछ। तर, ट्रम्पले केहि गरेनन् र अमेरिकाले यसको लागि ठूलो मूल्य चुकाएको छ।
ट्रम्पले चाहन्थे कि हामी यो कुरामा विश्वास गरौँ कि हामीसंग केवल दुई विकल्पहरू छन्। हामी अर्थव्यवस्था खोलौं र भाइरसलाई वेवास्ता गरौं, उनी आफैं चाहन्थे या अर्थव्यवस्था बन्द गरेर भाइरससँग डराऔँ, जस्तो उनका अनुसार डेमोक्रेटहरू चाहन्थे। यो धोखा हो।
हामी चाहन्थ्यौं कि सबै सावधानीका उपायहरूसहित अर्थव्यवस्था खोलियोस्। ताकि मानिसहरु बिरामी नभइकन नै किनमेल गरोस्, स्कूल र काममा जाओस्, जसरी बिडेनले प्रस्ताव गरेका थिए। ट्रम्प कुनै सावधानी बिना अर्थतन्त्र खोल्न चाहन्थे। ट्रम्पले प्रकृति र हामी, दुबैलाई आदर गरेनन्।
हामी अब केवल यो प्रार्थना गर्न सक्छौँ कि ट्रम्पका समर्थकहरूको पर्याप्त संख्याले यो बुझिसकेका छन् र उनीहरू उसको बिरूद्ध मतदान गर्नेछन्। धेरै अमेरिकीहरूको जीवन र जीविकोपार्जन यसमा निर्भर छ।
(दैनिक भास्करमा प्रकाशित यो लेख, लेखकका निजी विचार हुन्।)