नेप्सेमा त्रैमास अन्त्यको प्रभाव, कारोबार रकम डेढ अर्बमा सीमित

Oct 14, 2020 03:35 PM Merolagani



नेपाली धितोपत्र बजारमा अहिले त्रैमास अन्त्यको प्रभाव परेको देखिएको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्य नजिकिदै गर्दा शेयरबजार केही सुस्ताएको छ।

पहिलो त्रैमासको अन्त्य अघि भोलि बिहीबार अन्तिम कारोबार दिन हो। त्रैमासको अन्त्यमा विभिन्न वित्तीय राफसाफका कामहरु हुने भएकोले प्रायजसो यस अवधिमा बजार प्रभावित हुने गरेको छ।

बुधबार नेप्से परिसूचक ७.४२ अंक घटेर बन्द हुँदा कारोबार रकम डेढ अर्बमा सीमित भएको छ। ०.४७ प्रतिशत घटेर १५६१.१७ विन्दुमा बन्द भएको बजारमा कुल १९५ कम्पनीको २४ हजार ८९९ पटकको कारोबारमा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार रुपैयाँ बराबरको ५२ लाख ९१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

अहिलेको बजारलाई त्रैमास परिवर्तनका साथै नजिकिँदै गरेको दशैँले पनि प्रभाव पारेको जानकारहरु बताउँछन्। यही शनिबार दशैँको पहिलो दिन घटस्थापन परेको छ। दशैँको लागि पैसाको जोहो गर्न शेयर बिक्री थालेका कारण पनि बजार घट्न केही दबाब पुगेको उनीहरुको भनाइ छ।

यद्यपि, आगामी आइतबार भने पुनः बजार उत्साह छाउन सक्ने उनीहरुको भनाइ छ। नयाँ त्रैमासमा नयाँ रणनीतिका साथ लगानी गर्ने लगानीकर्ता र अहिले कम्पनीहरुले घोषणा गरिरहेको लाभांशले बजारलाई टेवा दिने उनीहरुको विश्लेषण छ।

बुधबार बजार घटेपनि दुई कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। जनरल इन्स्योरेन्सको आजदेखि कारोबार शुरु भएको हो भने नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये होटल उपसमूहको परिसूचक बाहेक अन्य सबै समूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको परिसूचक ०.१४ प्रतिशत बढेको छ। कारोबारमा आएका विकास बैंक, हाइड्रोपावर र वित्त उपसमूह यस दिन करेक्सन १ प्रतिशतभन्दा बढी घटेका छन्।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।