चाडवाडको मुडमा लगानीकर्ता, कारोबार रकम दिनानुदिन घट्दै

Oct 19, 2020 03:23 PM Merolagani

नेपाली शेयरबजारका लगानीकर्ताहरु अहिले चाडवाडको मुडमा देखिएका छन्। लगानीकर्ताहरु शेयरबजारभन्दा पनि दशैँतर्फ आकर्षित हुँदा बजारमा कारोबार रकम दिनानुदिन घट्दो क्रममा देखिएको छ।

साताको पहिलो कारोबार दिन सवा १ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार १ अर्ब रुपैयाँको पनि कारोबार भएन। यस दिन १८९ कम्पनीको १५ हजार २९४ पटकको कारोबारमा ९५ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको ३२ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकम घटेपनि यस दिन नेप्से परिसूचक भने बढेको छ। यस दिन नेप्से १३.५८ अंक बढेर १५७०.३८ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन २.६२ अंक, फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिड फ्लोट इण्डेक्स ०.८९ अंक बढेको छ। दशैँका लागि खर्च जोहो गर्न शेयर बिक्री गर्ने लगानीकर्ताहरु घटेसँगै यस दिन बजार बढेको जानकारहरु बताउँछन्।

नेप्से परिसूचक बढेसँगै यस दिन ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनरल इन्स्योरेन्स, युनियन हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन दिव्यश्वरी हाइड्रोपवारको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने बरुण हाइड्रोपावर, माउन्टेड हाइड्रो र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन कम्पनीहरुको शेयरमूल्य गिरावट दर भने न्यून रहेको छ। कुनै पनि कम्पनीको शेयरमूल्य यस दिन २ प्रतिशतभन्दा बढी घटेको छैन।

सोमबार लगानीकर्ताहरु पुनः हाइड्रोपावर कम्पनीहरुतर्फ नै आकर्षित भएको देखिएका छन्। यस दिन सो उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड २ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।