गरिब र मध्यम वर्गलाई झन् गरिब बनाइरहेकाे झुठबारे ज्ञान दिने 'फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स' काे पुस्तक सारंश भाग २

Oct 21, 2020 07:04 PM Merolagani



हरेक बुधबार अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा गत सातादेखि हामीले फेकः फेक मनि, फेक टिचर्स, फेक एसेट्स पुस्तक सारंशकाे पहिलाे भाग प्रस्तुत गरेका थियाैँ। यस पुस्तकलाई रोबर्ट काओसाकीले लेखेका हुन्। शुरु गरौँ पुस्तक सारंशको दाेस्राे भागः

फेक भर्सेस रियल

यो पुस्तक फेक मनी, फेक टिचर्स र फेक एसेट्सको बारेमा हो। यो पुस्तक रियल मनी, रियल टिचर्स र रियल एसेट्को बारेमा पनि हो।

फेक मनीः जब राष्ट्रपति निक्सोनले अमेरिकी डलरलाई सुनको उचाइमा पु¥याए, तब अमेरिकी डलरफेक मनी बन्यो।

फेक टिचर्सः विद्यालयमा धेरै टिचर्स फेक टिचर्स थिए। सामान्य रुपमा भन्नु पर्दा उनीहरु जे सिकाए, त्यसको अभ्यास गर्न सकेनन्।

फेक एसेट्स

अधिकांश मानिसहरुका लागि उनीहरुको एसेट्सले उनीहरुको खल्तीबाट पैसा लगिरहेको हुन्छ। अहिले, तीन प्रकारका आधुनिक पैसाहरु छन्। ती हुन्ः

भगवानको पैसाः सुन र चाँदी

सरकारको पैसाः डलर, यूरो, पेसो, आदि

आम मानिसको पैसाः बिटक्वाइन, इथेरम, जिपक्वाइन आदि

अध्याय २ः हामी भगवानमा विश्वास गर्छौँः तपाईको विश्वास कसले जित्यो?

हरेक फेक पेपर यूएस डलर हामी देख्न सक्छौँः हामी भगवानमा विश्वास गर्छौँ।

हामीलाई किन भगवानमाथि विश्वास गर्न भनिएको छ? भगवानको पैसा, सुन र चाँदीलाई के भयो? सुनको एटोमिक नम्बर ७९ हो। चाँदीको ४७। पृथ्वीको उत्पत्तीदेखि नै सुन र चाँदी यहाँ उपलब्ध छन्। र अन्त्यसम्ममा पनि रहिरहन्छ।

ग्रेसम्स ल मा लेखिएको छः जब फेक मनि सिस्टममा प्रवेश गर्छ, रियल मनि लुक्न थाल्छ।

यस चार्टलाई हेरौँ

अब यो चार्ट हेरौँ जहाँ जब नेताहरु धेरै फेक मनि प्रिन्ट हुन्छ तब फेक मनिलाइ के हुन्छ भन्ने देखाइएको छ।

के इतिहास आफैलाई दोहो¥याइरहेको छ?

यो चित्र सन् १९२३ मा सडकमा बिलियनऔँ फेक पैसासँग खेलिरहेको एक जर्मन बालकको चित्र हो। पहिलो विश्व युद्धपछि वेइमर रिपब्लीकमा मुद्रास्फिती यति थियो कि १ अमेरिकी डलर बराबर ४.२ मिलियन डिएम पुग्यो।

 

तलको चार्टले दोखाउँछ कि त्यस बालकसँग पैसा कहाँबाट आयो भनेर।

माथि दिइएको फ्रेड चार्टले देखाउँछ कि सन् २००८ को क्र्यासपछि अमेरिकाले त्रिलियनऔँ फेक मनि प्रिन्ट गर्यो।

सन् १९०२ मा जर्मनमा भएको घटना र यस घटनामा केही समानता महसुस गर्नुभयो?

तर दुःखको कुरा यो हो कि मानव इतिहासमा कहिल्यै पनि फेक मनिले जितेन। अनौठो कुरा यो हो कि आजको सबै कागज पैसा यसको वास्तविक मूल्यमा फर्किनेछः शून्य। जब कुरा तपाइको पैसाको आउँछ, के तपाई, ‘भगवानमा विश्वास’ गर्नुहुुन्छ?

विद्यार्थीहरुलाई उनीहरुको अध्ययनमा फर्काउनुहोस्

बकमिन्सटर ‘बकि’ फुल्लर, ‘विद्यार्थीलाई स्वतन्त्र पार्दै उसको पढाई फिर्ता गर्ने’ विषयमा लेखेका छन् – विद्यार्थीहरुलाई स्कुलबाट बाहिर निकाल्ने र तिनीहरुलाई पढाईमा फर्काउनु।

फुल्लर भनिरहेका थिए कि विश्व अर्थतन्त्र नियन्त्रण गर्ने अदृश्य व्यक्तिहरुले हाम्रा विद्यालयहरुमा उत्तम र तीक्ष्ण व्यक्तिहरु खोज्छन् ताकि उनीहरु ती विद्यार्थीहरुलाई आफुले चाहेको तरिकाले विश्व अर्थतन्त्र चलाउनका लागि प्रशिक्षण दिन सकोस्।

अध्याय ३ः वास्तविक सुन चाँदीको मालिक हुनुको व्यवहारिक कारणः भगवानको पैसाको लागि

कारण १ः वास्तविक सुन र चाँदी लगानी होइनन्ः सुन र चाँदी बीमा हुन्, हाम्रो नेतृत्व र आफैबाट सुरक्षा हो।

कारण २ः कम जोखिमः याद राख्नुहोस्, सुन र चाँदीको मूल्य तलमाथि हुन्छ किनभने हाम्रो फेक मनि तलभाथि भइरहेको छ।
जसरी वारेन बफेट सँधै स्टक होल्ड गर्छन्, त्यसरी नै लेखक सँधै सुन र चाँदी होल्ड गर्छन्।

बैंकहरुलाई सर्ट–टर्म क्यासलाई सञ्चय गर्नको लागि प्रयोग गर्नुहोस्, तर, लङ टर्म सम्पत्तीको लागि होइन। बैंकहरु एकदम जोखिमपूर्ण हुन्छ।

सन् २००८ मा यस्तो भएको थियोः

सबप्राइम ऋणी, जस्तै कि साथी, ले आफ्नो क्षमताभन्दा बढीको शेयर खरिदबिक्री गर्नका लागि सापटी लियो। बैंकहरु त्यस्ता सबप्राइम ऋणीहरुलाई सबप्राइम लोन दिन पाउँदा खुशी भए। त्यसपछि बैंकले इन्भेष्टमेन्ट बैंकलाई धितो बिक्री गर्यो। त्यसपछि, इन्भेष्टमेन्ट बैंकहरुले यस्ता हजारौँ सबप्राइम लोनहरुलाई मोर्टगेज ब्याक्ड सेक्यूरिटीज (एमबीएस) को लेबल लगाएर एक वित्तीय डेरिभेटिभको रुपमा प्याकेजिङ्ग गरे। इन्भेष्टमेन्ट बैंकहरुले ती एमबीएसहरु सरकार, इन्भेष्टमेन्ट फण्ड, पेन्सन योजना र अन्य योग्य व्यत्तिःहरुलाई बिक्री गरे। सबैलाई सुरक्षाको अनुभुति दिन यी सम्भ्रान्त वर्गहरुले बीमा पोलिसी खरिद गरे जसलाई क्रेडिट डिफस्ट स्वाप्स, सिडिएस भनिन्छ। सबैजना धनी भइरहेका थिए। किनभने सबैजना ‘फि’ (शुल्क) संकलन गरिरहेका थिए।

सम्भ्रान्त वर्गले नयाँ सम्पत्ती निर्माण गर्नुको सट्टा पुराना सम्पत्तीहरु सार्ने सम्झौताहरुमा आधारित अर्थ व्यवस्था सिर्जना गरे। उनीहरुले डेरिभेटिभ र क्रेडिट डिफल्ट स्वापहरु सहितको विदेशी र जोखिमपूर्ण, वित्तीय उपकरणहरु सिर्जना गरे जसले परिणामा भोग्नेहरुलाई भन्दा जोखिम लिनेहरुलाई तत्काल उच्च नाफाको सम्भावना उत्पादन गर्यो। काउन्टर पार्टी जोखिममा सम्पूर्ण विश्व मौद्रिक प्रणाली निर्माण भयो। एक्लोभन्दा दुई जनाको दिमाग राम्रो हुन्छ–स्कुल बाहेक, जहाँ दुई दिमाग मिलेर गरिएको कामलाई चिटिङ्ग भनिन्छ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।