नागरिकको घरदैलोमा पुग्दै बैंक, २८८५ नेपालीको भागमा १ बैंक शाखा

Oct 23, 2020 03:30 PM merolagani

बैंक तथा वित्तीय संस्थाहरु शहरका गल्लीदेखि ग्रामिण क्षेत्रका अति दुर्गम गाँउका वस्तीमा पुग्दै गएका छन् ।बैंक तथा वित्तीय संस्थाले गाँउ वस्तीमा शाखा खोलेर सेवा दिन थालेसँगै आमनागरिकको पहुँच बैंकिंङ क्षेत्रमा पुग्न थालेको हो ।

 

गाउँ गाँउमा बैंक पुगेपछि पहिला सन्दुक र सिरानीमुनी राख्ने गरेको पैसा बैकिंङ प्रणालीमार्फत शहरमा आउन थालेको छ ।
बैंक तथा वित्तीय संस्थाहरु वित्तीय पहुँच विस्तार गर्न कम्मर कसेर लागेका छन् । बैंक तथा वित्तीय संस्थाले दैनिक एक शाखा खोलेर नागरिकको घरदैलो नजिक जाने प्रयास गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ भदौं मसान्तसम्ममा क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक तथा ग वर्गका वित्तीय संस्थाको कुल शाखा संख्या ९ हजार ८ सय ५१ पुगेको छ । नेपालको जनसंख्या ३ करोड मान्दा प्रति २ हजार ८ सय ८५ जनसंख्या बराबर बैंक तथा वित्तीय संस्थाको एक शाखा पर्छ ।

राष्ट्र बैंकका अनुसार २०७२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या ३ हजार ८ सय ३८ थियो । अर्थात प्रति ७ हजार ४ सयको हाराहारीका नागरिकका लागि बैंक तथा वित्तीय संस्थाको एक शाखा पथ्र्यो । तर, करिव आधा दशकमा शाखा संख्यामा उल्लेख्य बृद्धि भएका कारण एउटा बैंक तथा वित्तीय संस्थाले वढीलाई सेवा दिन थालेका कारण एक शाखाले २ हजार ८ सय ८५ जनालाई सेवा दिइरहेका हुन् ।

एकातिर मर्ज तथा एक्विजिसनका कारण समग्र बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आए पनि शाखाको संख्यामा वृद्धि भएकाले बैंक तथा वित्तीय संस्था नागरिकको दैलोनजिक हुँदै गएका हुन् । मर्जर तथा प्राप्तिको परिणामस्वरुप राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या गत भदौ मसान्तमा १ सय ४९ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तमा २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी र ८५ लघुवित्त संस्था सञ्चालनमा छन् ।

संघीय संरचनाअनुसार बनाइएका ७ सय ५३ स्थानीय तहमध्ये भदौसम्म ७ सय ४७ स्थानमा बैंकले शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अझै पनि ६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्न बाँकी छन् ।
प्रदेश ७ मा ८८ स्थानीय तहमध्ये ८६ वटा स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा अझै २ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।

यसैगरी, प्रदेश ३ मा पनि अझै २ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा कूल १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । ७ र ३ सबैभन्दा बढी बैंकको उपस्थिति नभएका प्रदेश हुन् ।
प्रदेश ६ मा अझै १ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् ।

प्रदेश १ मा १ सय ३७ स्थानीय तहमध्ये १ सय ३६ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन। उक्त प्रदेशमा पनि १ स्थानीय तहमा मात्र बैंकको शाखा पुग्न सकेको छैन ।

प्रदेश २, ४ र ५ का सवै स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । प्रदेश २ मा १ सय ३६ स्थानीय तह, प्रदेश ४ मा ८५ स्थानीय तह र प्रदेश ५ मा १ सय ९ स्थानीय तह छन् । ती सवै स्थानिय तहमा बैंकका शाखा पुगेका छन् ।

कोरोना भाइरसका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए। ‘अझै ६ स्थानीय तहमा बैंकको सेवा पुग्न बाँकी छ,’ उनले भने, ‘नपुगेका बाँकी ठाउँमा पनि छिट्टै नै बैकका शाखा पुग्ने छन् ।’

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।