अमेरिकी चुनाव २०२० मा बहस :के फेसबुक, ट्वीटरले पनि पक्षपातपूर्ण व्यवहार गरिरहेका छन् ?

Nov 03, 2020 03:50 PM Merolagani

अमेरिकामा जारी राष्ट्रपति पदको चुनावमा नेताहरूले मात्र दबावको सामना गरिरहेका छैनन,बरु अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु पनि दबाबको सामना गरिरहेका छन् । 

यी कम्पनीहरुमाथि सोशल मिडिया साम्राज्यको दुरुपयोग गरेको आरोप लागिरहेको छ । तर यी कम्पनीहरुका विरुद्ध क्रोधको ताजा तरगंको कारण ट्वीटरको हालैको एउटा निर्णय हो ।

ट्वीटरले आफ्नो एक निर्णय अन्तर्गत मानिसहरुलाई अमेरिकी अखबार न्यूयोर्क पोष्टको एउटा रिपोर्ट शेयर गर्नमा रोक लगाएको थियो। यो रिपोर्ट डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बिडेनका विरुद्धको जाँचमा आधारित थियो ।

उक्त स्टोरीमा जो बिडेनका छोरा हंटरका केही अपुष्ट इमेलको स्क्रीनशट थियो, जुन ह्याक गरिएको सामग्रीलाई लिएर ट्वीटरको नीतिको उल्लघंन गरिरहेको थियो ।

तर ट्वीटरले उक्त निर्णयको तार्किकता प्रमाणित गर्न असफल भयो र पछि उसले माफी पनि माग्यो । त्यसपछि ट्वीटरले उक्त नीतिलाई पनि समाप्त पारिदियो, जसअन्तर्गत यो निर्णय लिइएको थियो ।

रिपब्लिक पार्टीका कयौँ समर्थकहरुका लागि यो एउटा अन्तिम प्रमाणको रुपमा रहेको थियो। एउटा यस्तो अकाट्य प्रमाण जुन सोशल मिडिया कन्जर्भेटिभ्सका विरुद्ध भएको बताइएको छ ।

सोशल मिडिया कम्पनीका विरुद्ध आरोप यो रहेको छ कि, यि मूलतः उदारवादी छन् र उसको प्लेटफर्ममा के जान हुन्छ र के जान हुदैन,यसलाई लिएर उसले ठीक रुपमा मध्यस्तता गरिरहेको छैन ।

यस मामलामा रिपब्लिक पार्टीका वरिष्ठ सीनेटर टेड क्रुज भन्छन्, यदि यो स्टोरी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा हुन्थ्यो भने ट्वीटरको प्रतिक्रिया फरक हुन्थ्यो ।

सोशल मिडिया कम्पनीका विरुद्ध आरोप
कन्जर्भेटिभ्स जब सोशल मिडिया कम्पनीका विरुद्ध पक्षपात गरेको आरोप लगाउँछ,तब सामान्यतया उसको इशारा अनुचित मोडरेशनतर्फ हुन्छ ।

यो एउटा मान्यता रहेको छ कि उसको पोष्टलाई अधिक सेन्सर गरिन्छ र दबाइन्छ । तर सोशल मिडिया कम्पनीले पक्षपातपूर्ण व्यवहार गर्छ भन्ने कुरा प्रमाणित गर्न मुस्किल गाह्रो छ ।

ट्वीटर र फेसबुक जस्ता कम्पनीहरु आफ्नो डाटाको विषयमा काम गर्दा अधिक गोपनीयता अपनाउछन् र त्यसलाई सार्वजनिक गर्दैनन् ।

यद्यपि प्रविधि क्षेत्रका कम्पनीहरुले पक्षपातपूर्ण व्यवहार अपनाएको आरोपको खण्डन गर्दै आएका छन् ।

कठिन प्रश्न

गत बुधबार फेसबुक,ट्वीटर र गूगलका प्रमुख अधिकारीहरुलाई सिनेट कमिटीका सामुन्ने प्रस्तुत भएर आफूमाथि लागेको आरोपलाई लिएर नेताहरुलाई जवाफ दिनु पर्याे ।

ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफ्नो कम्पनीको नीतिलाई लिएर कठिन प्रश्नहरुको जवाफ दिन पर्याे,जसअन्तर्गत ट्वीटर कुनै पोस्टलाई गलत सूचनाका रुपमा लेबल गर्छ वा आफ्नो साइटबाट हटाउँछ ।

डोर्सीसँग सोधिएको थियो कि, कुन आधारमा मेल–इन बेलट्सको सुरक्षालाई लिएर राष्ट्रपति ट्रम्पको एउटा पोस्टलाई लेबल गरियो, जबकि ईरानका आयातुल्लाह अली खामनेई को ती पोस्टहरु छोडियो, जसमा उनी इजरायलका विरुद्ध हिंसाको प्रयोग गर्ने धम्की दिइरहेका थिए।

डोर्सीमाथि उनले कुन आधारमा ईरानी नेताको ट्वीट्सलाई सैन्य धम्की माने, जसका कारण ट्वीटरको नीतिको उल्लघंन भएन भन्ने कुरा बताउनका लागि दबाब दिइएको थियो।

तर सोशल मिडिया कम्पनीहरुसँग केबल रिपब्लिकन पार्टीका नेता मात्र रिसाएका थिएनन्, बरु कमिटिमा रहेका डेमोक्रेटिक पार्टीका नेताहरुले पनि सोशल मिडिया कम्पनीहरुमाथि मिलिटेन्ट हेट ग्रुप्सको फैलावटलाई बढावा दिएको आरोप छ ।

सीनेटर गेरी पीटर्स र एमी क्लोबुकरले कथित रुपमा एक अमेरिकी स्टेट गभर्नरको अपहरण गर्ने योजना बनाइरहेका मानिसहरुको समूहलाई कट्टरपन्थी बनाउनमा फेसबुकको कथित भूमिकामाथि प्रश्न उठाए ।

यसमाथि फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने, सिनेटर, म सम्मानपूर्वक सिस्टमको काम गर्ने प्रक्रियाको यस चित्रणबाट असहमति जनाउँछु । यसका साथै जुकरवर्गले आफ्नो साइटले मानिसहरुका लागि महत्वपूर्ण हुने कन्टेन्ट मात्र देखाउँने बताए ।

के सोच्छन् अमेरिकी जनता?

पिउ रिसर्च सेन्टरका तर्फबाट गरिएको एक सर्वेक्षण अनुसार, रिपब्लिक पार्टीका ९० प्रतिशत समर्थकले सोशल मिडिया साइट्सले राजनीतिक दृष्टिकोणहरुलाई सेन्सर गर्ने बताइएका छन्। यसैगरी डेमोक्रेटिक पार्टीका ५९ प्रतिशत समर्थकले पनि यहीँ मानेका छन् ।

सोशल मिडियाका विरुद्ध लागिरहेको तमाम आरोपका बीच रिपब्लिकन पार्टीका समर्थक एउटा आरोप लगाउँछन् कि,सोशल मिडिया एल्गोरिद्म संरक्षणवादी सामग्रीलाई मानिसहरु समक्ष पुर्याउनमा बाधा सिर्जना गर्दछ ।

तर यो आरोपको पुष्टि फेसबुकको डाटा हेर्दा हुदैन ।

यसैगरी फेसबुकमाथि आरोप रहेको छ कि, फेसबुकले दक्षिणपन्थी सामग्रीलाई वामपन्थी सामग्रीको तुलनामा प्राथमिकता दिइरहेको छ ।

यूनिभर्सिटी अफ भर्जिनियामा मिडिया स्टडीज प्रोफेसर सिभा वैद्यनाथ भन्छन्,मलाई लाग्छ कि यसलाई दक्षिपन्थी बिरूद्ध वामपन्थीका रुपमा देख्नु एउटा गल्ती हुनेछ । झुकाव ती सामग्रीप्रति हुन्छ, जसले तीव्र भावना पैदा गर्दछ ।

उनी भन्छन्, अमेरिकामा केही अति दक्षिणपन्थी पोस्टहरु भाइरल भएका छन्, तर यसको मतलब यो होइन कि,प्लेटफर्म ढाँचागत स्तरमा पक्षपातपूर्ण व्यवहारको सामना गरिरहेको छ । बीबीसी हिन्दीबाट

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।