यस्ताे देखियाे पहिलो त्रैमासमा विकास बैंकहरुकाे अवस्था, कुन सूचकमा कुन बैंक अगाडि ?

Nov 19, 2020 10:11 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १५ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा औषतमा ७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। जसमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। 

वाणिज्य बैंकहरुमा जस्तै विकास बैंकहरुमा पनि कोरोनाको सामान्य असर देखिन थालेको छ। कोरोनाको असरका कारण विकास बैंकहरुले पनि व्यवसाय विस्तारमा असर परेको छ भने कर्जा उठाउन समस्या परेको छ।
विकास बैंकहरुको पनि खराब कर्जा बढ्दो अवस्थामा दखिएको छ। बैंकहरुले कर्जा जोखिम बापत धेरै रकम छुट्याउनु परेको छ।

पहिलो त्रैमासमा १५ वटा विकास बैंकहरुले कुल १ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन जसमध्ये दुई विकास बैंक खुद नोक्सानीमा देखिएका छन्। ५ वटा बैंकको वितरणयोग्य नाफा ऋणत्मक देखिएको छ।

कुन सूचकमा कुन बैंक अगाडि हेरौंः

  • खुद नाफामा मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। उसले पहिलो त्रैमासमा २९ करोड ४१ लख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा केहि वाणिज्य बैंकहरुको भन्दा पनि धेरै हो।

पहिलो त्रैमासमा सिन्धु विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंक क्रमशः २ करोड ४१ लाख र ९४ लाख रुपैयाँले घाटामा देखिएका छन्।

  • खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा पनि मुक्तिनाथ नै अगाडि

विकास बैंकहरुमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा पनि मुक्तिनाथ विकास बैंक नै अगाडि देखिएको छ। बैंकले ९३ करोड रुपैयाँ सञ्चालन आम्दानी र ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा साहरा विकास बैंकको यी दुबै आम्दानी सबैभन्दा कम छ। उसको खुद ब्याज आम्दानी ८० लाख रुपैयाँ र सञ्चालन आम्दानी ९६ लाख रुपैयाँ छ।

पहिलो त्रैमासमा बैंकहरुको ब्याज आम्दानीमा कमी आउदा उनीहरुको नाफा प्रभावित भएको छ।

 

  • निक्षेप र कर्जा

चालु आर्थिक वर्षको असोज मशान्त सम्ममा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै निक्षेप संकलन र कर्जा लगानी गरेको छ। यस अवधिमा बैंकले ६३ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ ऋर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो विकास बैंकहरुमध्येकै धेरै हो।

निक्षेप संकलन र कर्जा लगानीमा कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा पछाडी देखिएको छ। बैंकले कुल ३२ करोड निक्षेप संकलन गरी २७ करोड कर्जा लगानी गरेको छ।

पहिलो त्रैमाससम्ममा विकास बैंकहरुले कुल ३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

  • चुक्ता पूँजी र जगेडा

विकास बैंकहरुमा चुक्ता पुँजीको हिसाबले मुक्तिनाथ विकास बैंक नै अगाडि देखिएको छ। बैंकको पूँजी ४ अर्ब ३२ करोड रुपैयाँ छ। यो विकास बैंकहरुमध्यकै धेरै हो। जगेडा कोषमा भने माहालक्ष्मी विकास बैंक अगाडि देखिएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ छ।

सहारा विकास बैंकको चुक्ता पूँजी सबैभन्दा थोरै १ करोड रुपैयाँ छ भने सिन्धु विकास बैंकको जगेडा सबैभन्दा थोरै २ करोड छ।

पहिलाे त्रैमासमा बैंकहरूको अवस्था विस्तृतमा हेरौंः

  • प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ

पन्ध्र विकस बैंक मध्ये कामना सेवा विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ३१ रुपैयाँ ४८ पैसा रहेको छ। पहिलो त्रैमासमा दुई विकास बैंकको प्रतिशेयर आम्दानी भने ऋणत्मक छ। सिन्धु विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा थोरै १७ रुपैयाँ ३२ पैसाले ऋणत्मक छ भने ग्रिन डेभलपमेन्ट बैंकको ७ रुपैयाँ ५२ पैसाले ऋणत्मक छ।

प्रतिशेयर नेटवर्थमा भने माहालक्ष्मी विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै सिन्दु विकास बैंकको प्रतिशेयर नेटवर्थ भने सबैभन्दा कम १०५ रुपैयाँ २८ पैसा छ।

  • खराब कर्जा

पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबैभन्दा कम छ। बैंकको खराब कर्जा ०.१२ प्रतिशत मात्र रहेको छ। यस अवधिमा ५ विकास बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ।

कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा भने सबैभन्दा धेरै ४.९७ प्रतिशत छ। ५ प्रतिशत भन्दा माथि खराब कर्जा पुगेमा बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न पाउदैन।

  • रिटर्न अन इक्वीटि

विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको रिटर्न अन इक्वीटि सबैभन्दा राम्रो देखिएको छ। बैंकको रिटर्न अन इक्वीटि २५.७० प्रतिशत छ । सिन्धु विकास बैंकको रिटर्न अन इक्वीटि भने १६ प्रतिशतले ऋणत्मक छ।

  • बजार मुल्य र मुल्य आम्दानी अनुपात

विकास बैंकहरुमध्ये साहारा विकस बैंकको बजार मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ४६० रुपैयाँ रहेको छ भने ग्रिन डेभलपमेन्ट बैंकको सबैभन्दा कम प्रतिकित्ता १५० रुपैयाँ रहेको छ।

त्यस्तै कामना सेवा विकास बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ६.९९ गुणा छ भने शाइन रेशुंगाको सबैभन्दा धेरै ६८.४२ गुणा छ।

पहिलाे त्रैमासमा बैंकहरूको अवस्था विस्तृतमा हेरौंः

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।