कतिपय बैंकले बचत खाताको ब्याज घटाउँदै लगेर २ प्रतिशत भन्दा पनि तल झारे

Nov 19, 2020 01:34 PM merolagani

बैंकमा सर्वसाधारणले जम्मा गर्ने रकम बढेको र त्यसरी जम्मा भएको रकम ऋणको रुपमा लगानी हुन छाडेपछि बैंकहरुले बचतको ब्याजदर घटाउँदै लगेका छन् । कतिपय बैंकले बचतकर्ताले जम्मा गर्ने ब्याजदर घटाउँदै लगेर २ प्रतिशतभन्दा पनि तल झारेका छन् ।

बैंकमा लगानीयोग्य रकम अत्याधिक भएको भन्दै कतिपय बैंकले बचतको ब्याजदर घटाउँदै लगेका हुन् । बचतको ब्याजदर घटदै गएपछि यसको मारमा सर्वसाधारण नागरिक पर्न थालेका छन् ।

बजारबाट खरिद गरिने बस्तुको मुल्य साढे ४ प्रतिशत भन्दा बढीले बढेको छ । तर सर्वसाधारण नागरिकले बैंकमा जम्मा गर्ने रकमको ब्याजदर २ प्रतिशतको हाराहारीमा छ । यसले सोझै सर्वसाधारणलाई साढे प्रतिशत नोक्सानी भएको छ ।

मुल्य बृद्धि भन्दा बैंकको ब्याजदर कम हुँदा सर्वसाधारणलाई नोक्सानी पर्न जाने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बताउँछन् । ‘बजारको भाउ भन्दा बैंकको ब्याजदर केही मात्रमा भएपनि बढी हुनु पर्छ,’ उनले भने, ‘बजार मूल्य भन्दा कम बैंकको ब्याज हुनु भनेको सर्वसाधारणलाई नोक्सानी पर्नु हो ।’

नेपाल राष्ट्र बैंकले भदौं महिनामा सार्वजनिक गरेको मुलुकको वित्तीय स्थिति अवस्थामा मूल्य बृद्धि ४.५२ प्रतिशत रहेको देखाएको छ । केन्द्रीय बैंंकको उक्त तथ्यांकलाई आधार मान्दा पनि बजार भाउ साढे चार प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । तर बैंकले दिने बचतको ब्याजदर भने २ प्रतिशत भन्दा पनि तल छ ।

बैैंकहरुले निक्षेपमा दिने ब्याज घटाउँदा बचतकर्ता मारमा परेका छन् । बैंकले निक्षेपमा दिने ब्याज घटाउँदै लगेपछि त्यसले बचतकर्ताले पाउने रकमको ब्याज त कम हुने नै भयो त्यसका अलावा बैंकमा रकम जम्मा गर्नेलाई पनि निरुत्साहित गर्ने पूर्वगभर्नर क्षेत्रीको भनाइ छ ।

‘बैंकमा राखेको रकमको ब्याज उच्च आउँदा गाउँ घर कुना कन्दरामा रहेको रकम पनि बैंकमा आउने गर्छ, तर बैंकले दिने ब्याज कम भएपछि त्यसरी आउने रकम पनि नआउन सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘बैंकले दिने ब्याजदरले बचत गर्नेलाई पनि निरुत्साहित बनाउने छ ।’

कतिपय बैंकहरुले सूचनामार्फत बैंकले दिने ब्याजदर कम गरेको जानकारी दिइरहेका छन भने कतिपय बैंकले सूचना नै नदिइ बचतको ब्याजदर घटाउँदै लगेका छन् ।

बैंकहरुले कोरोना भाइरस संक्रमण बढी रहेको र यस्तो बेलामा सर्वसाधारणले रकम जम्मा गर्ने क्रम जारी छ । तर, बैंकबाट ऋण लिने भने ज्यादै कम देखिएका छन् । ऋण लिन नगएपछि लगानीयोग्य रकम बैंकमा थुप्रिएकोे छ ।

बैंकले सर्वसाधारणबाट निक्षेप लिएको रकमको ब्याज तिरिरहेका छन् । तर तयरी लिएको रकम बैंकले लगानी गर्न नसकेपछि निक्षेपको ब्याजदर धमाधम घटाउन पुग्दा सर्वसाधारणको मारमा परेका हुन् ।

बैंक जसरी पनि नाफा गर्न खोज्छन् । कारोना भाइरसको संक्रमणमा पनि बैंक नाफामा नै छन् । न्यून ब्याज तिरेर ल्याएको रकम उच्च ब्याजदरमा लगानी गरिरहेकोले बैंकको नाफामा कमी नआएको हो । तर सर्वसाधारण नागरिक भने घाटामा गएका छन् ।

करिव एक वर्षअघि उच्च दरले बैंक लिने निक्षेपको ब्याजदर बढेपछि बैंकहरुले ‘भद्र सहमति’ गरेर नियन्त्रणमा राखेका थिए । तर अहिले निक्षेपको ब्याजदर न्यूनमा आइसकेपछि भने बैंकहरुले केही कदम चालेका छैनन् ।

एक वर्षअघि सर्वसाधारणलाई वाणिज्य बैंकहरुले बचतमा ७ प्रतिशत र मुद्दतीमा ९.५ प्रतिशत ब्याजदर दिएका थिए । तर, अहिले मुद्दतीमा पनि ६ देखि ७ प्रतिशत भन्दा बढी दिएका छैनन् । ६, ७ प्रतिशत ब्याजदर प्राप्त गर्न पनि मुद्दतीमा कम्तीमा एक वर्ष निक्षेप राख्नुपर्ने हुन्छ ।

बचतमा भने १.५ देखि ५ प्रतिशत दिँदै आएका छन् । कुल निक्षेपको करिब ३२ प्रतिशत हिस्सा ओगट्ने बचतको ब्याजदर भने २ प्रतिशत भन्दा तल आइसकेको छ । यस्तो अवस्थामा बैंकहरु चुप चाप लागेका छन् ।

टाढा बाठा निक्षेपकर्ताले निक्षेपको ब्याजदर यति दिए राख्छु भन्ने गरेको र त्यही अनुसार ब्याज नदिए झिकेर अर्को बढी ब्याज आउने बैंकमा रकम राख्ने गरेका छन् । तर सोझा साझा सर्वसाधारणले भने बैंकमा राखेको रकमको ब्याजको वास्ता नगर्ने र बैंकले पनि ती निक्षेपकर्ताको ब्याजदर २ प्रतिशतको हाराहारीमा मात्र दिने गरेका छन् ।

लामो सयम यस्तो भयो भने जापानमा जस्तो बैंकले सुरक्षितसँग पैसा राखि दिए वापत उल्टो बचतकर्ताबाट रकम लिने अवस्था नआउला भन्न नसकिने अर्थविदहरुको भनाइ छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।