शेयर बजारमा उछाल आउदा बैंकको शेयरमा किन देखिएन चमक ?

Nov 21, 2020 07:42 PM merolagani

सुधा देवकाेटा

पछिल्लो समय नेपालको शेयर बजार तिब्र गतिमा बढेको छ । गतवर्षको यसै अवधिमा न्यून विन्दु अर्थात एक हजार १२० को हाराहारीमा रहेको नेप्से सूचक अहिले एक हजार ८८१ को उच्च विन्दुलाई पछ्याउदै एक हजार ७७८.१२ विन्दुमा पुगेको छ ।

घट्दो बजारमा आफ्नो लगानी नै डुब्ने डरमा रहेका लगानीकर्ताले अहिलेको बजारमा लगानी बढाउन अग्रसर रहेकोे पाइन्छ । जसको फलस्वरुप बजारमा कारोबार रकम समेत दिन प्रतिदिन बढोत्तरी हुदै गएको छ । अहिलेको बढ्दो बजारले थप नयाँ लगानी बढाउने हौसला बढाएको लगानीकर्ताले बताएका छन् ।

लगातार लामो समयसम्म घट्दो बजारमा लगानी डुब्ने चिन्तामा रहेका लगानीकर्ताहरु अहिलेको बढदो बजारले नयाँ हौसला ल्याएको बताउँदै आएका छन् । गत वर्ष थोरै लगानी गरेका लगानीकर्ताले एक वर्षकै अन्तरालमा राम्रो आम्दानी गरेका छन् ।
यद्यपि यसरी तिव्र गतिमा बढेको बजारमा करिब ७० प्रतिशत हिस्सा रहेको बैंकिङ्ग समूहको सूचकमा चमक नआउदा भने लगानीकर्ताले सोचेजस्तो नाफा सुक्षित गर्न सकिरहेका छैनन् । बजारमा यति ठूलो हिस्सा ओगटेको उक्त क्षेत्रको सूचक नै सुधार नहुँदा सोचनिय रहेको लगानीकर्ताहरुको बुझाई रहेको छ ।

विश्वलाई नै आतङकित पारेको कोभिड १९ को प्रभावमा पनि धेरै जस्तो बैंकहरुले राम्रो लाभांश वितरण गर्ने घोषणा गरेका छन् । तर पनि यो बढ्दो बजारमा बैकिङ्ग क्षेत्रका लगानीकर्ताले अन्य समूहको तुलनामा उचित अम्दानी गर्न सकेको पाइदैन् ।

बजारमा कुनै समूहको सूचक घटबढ हुनुमा शेयरको डिमान्ड र सप्लाईले निधारर्ण गने शेयर बजार लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए । डिमान्ड र सप्लाईको सिद्धान्त अनुसार बजारमा बैंकिङ्ग समूहको शेयर सप्लाई धेरै रहेको हुँदा सूचकमा सुधार हुन नसकेको अर्यालको भनाई रहेको छ ।

बजारमा बैंकिङ्ग समूहको शेयरको डिमान्ड र सप्लाईको सन्तुलन नभएसम्म यस सूचक माथि जान सक्ने स्थिती नरहेको अध्यक्ष अर्यालको बुझाई छ ।

यद्यपि व्यवसाय राम्रो गरेका बैंकहरुको शेयर अहिलेको बजारमा पनि राम्रो मूल्य रहेको उनले बताए । अहिलेको बजारमा शेयर मूल्यमा उच्च वृद्धि भएको कम्पनीहरुको शेयर भोलुम बजारमा अत्यान्त न्यून रहेको अर्यालले जानकारी गराए ।

त्यसैगरी, इन्स्योरेन्स कम्पनीहरुले अहिले कार्य सम्पादन राम्रोसँग गरेको पाईन्छ । इन्स्योरेन्सको व्यवसाय वृद्धि भईरहेको अवस्थामा शेयर मूल्य वृद्धि हुनु स्वभाविक भएको र हाईड्रोपावर कम्पनीको शेयर मूल्य वृद्धि हुनुमा बैंकको ब्याजदर घटनुले पनि ठूलो भुमिका खेलेको अर्यालको भनाई छ ।

गत चैत महिनादेखि कोरोना भाइरसको प्रभावका कारण आफूले लगानी गरेको कर्जाको ब्याज उठाउन नसक्दा नाफा घट्ने डरले पनि बैंकको शेयर मूल्यमा सुधार हुन नसकेको अनुमान गरिएको शेयर विश्लेषक हेमन्त बस्यालको भनाई छ । गत चैत्रदेखि बैंकहरुको ब्याज आम्दानीमा प्रभाव परेको र कर्जा उठने सम्भावना नदेखेका कारण लगानीकर्ताहरु बैंकको शेयर प्रति आकर्षण नभएको हुनसक्ने बस्यालको बुझाई छ ।

बजार जसरी बढेको छ त्यसै आधारमा बैंकिङ्ग क्षेत्र पनि बढ्नका लागि नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावले पार्न सक्ने जोखिम व्यवस्थापन गर्न बेग्लै नीति ल्याएर लगानीकर्तालाई ढुक्क गराउनु पर्ने बस्यालको भनाई छ ।

यहाँ बजारमा लगानी गर्ने लगानीकर्ताले बजारको सूचक हेरेर भन्दा पनि कम्पनीको व्यवसाय गर्न सक्ने क्षमता र त्यसको आम्दानीलाई हेरेर लगानी गर्ने भएको कारण पनि बजारको सूचक जस्तै सबै कम्पनीको शेयर मूल्य माथि जान नसकेको सरोकारवालाहरुको भनाई छ । यद्यपि बजारमा कोभिडको भ्यक्सिन आएसँगै बैंकिङ्ग समूहका शेयर मूल्य पनि विस्तारै वढोत्तरी हुनेमा उनीहरुको विश्वास रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।