घरमै बसिबसी रेमिट्यान्स पाउन सकिने, यस्तो छ प्रकृया

Nov 27, 2020 08:47 AM Merolagani

 अरूण पाख्रेन

विश्व व्यापीरुपमा फैलिएको कोभिड १९ का कारण डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । प्रविधिमा खासै चासो नभएकाहरुलाई समेत अहिलेको अवस्थामा यसको अपरिहार्य भएपछि डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको हो ।

पछिल्लो समय प्रविधिकाे प्रयोग बढेसंगै घरमै बसेर मोवाइलबाट रेमिट्यान्स सम्बन्धी (पैसा पठाउने तथा निकाल्ने) काम गर्ने सकिने भएको छ । स्मार्ट फोन चलाउन सक्नेले आफ्नै मोवाईलमै विदेश तथा स्वादेशबाट पठाएकाे पैसा प्राप्त गर्न सक्ने छन् । यस्तै मोवाइलबाटै अन्तरिक रेमिट्यान्स (स्वदेश भित्रै रकम पठाउने) प्रविधिको अभ्यास भइरहेको छ । 

योसगैं कसैलाई पैसा पठाउन तथा प्राप्त गर्न बैंक तथा वित्तीय संस्था वा रेमिट सेन्टर धाउनुपर्ने बाध्यता समेत अन्त्य भएको छ । यसले इन्टनेटकाे पहुँच भएका तर रेमिट सुबिधा नभएका ठाँउका व्यक्तिहरूलाइ सहज भएकाे छ ।

अहिले नेपालमा प्रभु पे, आइएमई पे, इसेवा, खल्ती लगायतको डिजिटल भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुको मोवाइल एप मार्फत अन्तरिक तथा बाह्य देशबाट पठाएको रकम सहजै प्राप्त गर्न सकिन्छ भने देशभित्रै पैसा पठाउन र पाउने सहज व्यावस्था छ । मोवाइलमा रेमिट सेवा प्रयोग गर्नको लागि मोवइल बैंकिङ्ग  र इन्टरनेट सेवा भने अनिवार्य छ ।

कुन कुन रेमिट्यान्स कम्पनीको सुविधा छ ?

प्रभु पे, आइएमई पे, इसेवा, खल्ती लगायतको डिजिटल भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुले मोवाइलबाट रेमिटकाे सुविधा ल्याएका हुन् ।

प्रभु पे

प्रभु पे अन्र्तगत हाल प्रभु मनी रेमिटको काम मात्रै भइरेको छ । यस एपबाट प्रभु मनी रेमिट मार्फत देश भित्र मात्रै पैसा पाउन र पठाउन सकिन्छ । स्वदेश तथा विदेशबाट आएको रकम समेत रिसिभ गर्न सकिने प्रभु पेका सिइओ गणेश घिमिरेले मेरोलगानीलाई जानकारी गराए ।

‘भौतिक रुपमा एजेन्ट कहाँ नगएर यस एप मार्फत विदेश तथा स्वदेशबाट आएका रेमिट्यान्स आफ्नै वालेटमा तान्न सकिन्छ,’ उनले भने, ‘केवाईसी भेरीफाइ भएका युजरले रेमिटको काम सहजै गर्न सक्छन् ।’

उनले अब एनआईबिएल बैंक र कुमारी बैंकसंग इन्ट्रिग्रेसनको काम भएरहेको बताए । यस्तै निकट भविष्यमा भाटभटेनी रेमिट, सनराईज, सानिमा, एनविएलको रेमिटबाट पठाएको रेमिट्यान्स पनि प्रभु पेको एपबाट प्राप्त गर्न सकिने उनले जनाकारी गराए ।

आइएमई पे

आइएमई पेको एपबाट ग्लोबल रेमिट, इजेट रेमिट, ग्लोबल मनी एक्प्रेस, इन्सट्यान्ट क्यास, मनीग्राम पेमेन्ट, आरआईए फाइनान्सियल एक्सप्रेस, क्यास एक्सप्रेस, वल्ड वाइड क्यास एक्सप्रेस, क्योदाइ रेमिट, अलन्सरी एक्सचेन्ज, अल्दार एक्सचेन्ज, युनीमनी कतार, अमन एक्सचेन्ज, जेन जे एक्सचेन्ज, आईएमई फरेक्स इण्डिया, ग्लोबल आइएमई एक्सप्रेस कोरिया, शाका एक्सप्रेस कर्पोरेसन र जीएमई इन्टरनेशनल मार्फत देश तथा विदेशबाट पठाएका रकम निकाल्न सकिन्छ ।

यस्तै उक्त रेमिटहरुबाट अन्तरिक रेमिट्यान्स सम्बन्धी कारोबार गर्न सकिने आईएमइ पेले जनाएको छ ।

इसेवा

इसेवा अन्तर्गत इसेवा रेमिट मनी ट्रान्सफरबाट नेपाल भित्र मात्रै पैसा पठाउन सकिन्छ । यस्तै पैसा रिसिभ अरु देशबाट भने पैसा प्राप्त गर्न सकिन्छ । इसेवाबाट सिटि एक्सप्रेसबाट पठाएको रकम समेत प्राप्त गर्न सकिन्छ ।

इसेवाबाट इसेवा रेमिट र सिटि एक्प्रेसको माध्यमबाट पठाएको रकम प्राप्त गर्न सकिनेछ ।

यस्तै इसेवाबाट वेस्टर्न युनियनबाट पठाएको रकम समेत प्राप्त गर्न सकिन्छ । इसेवाले वेस्टर्न युनियनबाट पठाएको रकम प्राप्त गर्न सकिने सुविधा दिएको लामो समय भइसकेको छ ।

खल्ती

खल्ती एप मार्फत नेपाल रेमिट, भाटभटेनि मनी ट्रान्सफार, आई पे, रेमिट टु नेपाल, एनआईसी एशिया रेमिट र जीएमइ रेमिटबाट पठाएको पैसा निकाल्न सकिन्छ ।

यस्तै नेपाल रेमिट, सिटि एक्सप्रेस, भाटभटेनि मनी ट्रान्सफार, आई पे, रेमिट टु नेपाल र एनआईसी एशिया रेमिटमा पैसा पठाउन सकिन्छ ।

एपबाट कसरी रेमिट्यान्सको सुविधा लिने

सबै भन्दा पहिला तपाइलाई कुन रेमिटबाट रकम आएको वा पठाउनु पर्ने हो, त्यो निश्चित हुनुहोस् । त्यसपछि आफुलाई आवश्यक मोवाइल एप डाउनलोड गरेर लगइन गर्नुपर्ने हुन्छ । एप लगइन भएपछि रेमिट्यान्स भन्ने अप्सन देखाउछ ।

रेमिट्यान्स भन्ने अप्सनमा छनौट गरेपछि सेन्ड गर्ने कि रिसिभ गर्ने विकल्प देखाउछ । पैसा रिसिभ गर्ने हो भने कुन देशबाट पैसा पठाएको हो, त्यो छनौट गरेर कन्ट्रोल नम्बर र पठाएको रकम राख्नु पर्दछ । त्यस पछि पैसा प्रकृया अघि बढ्छ ।

रिसिभ गर्नुपर्ने रकम आफ्नो वालेटको खातामा आउछ । वालेटको खातामा आएपछि तपाईले आफ्नो आवश्यकता अनुसार वालेटबाटै डिजिटल माध्यमा भुक्तानी गर्न समेत सकिन्छ भने  आफ्नो बैंक खातामा  पनि ट्रान्सफार गर्न सकिन्छ ।

यस्तै पैसा पठाउने हो भने आफ्नो वालेटमा पर्याप्त रकम हुनुपर्दछ । पैसा पठाउन सर्वप्रथम एप लगइन भएपछि रेमिट्यान्समा गएर सेन्डमा छनौट गर्नुपर्दछ । त्यसपछि कुल जिल्लामा पठाउने हो त्यो छानेर पठाउनु पर्ने आवश्यक रकम राख्नु पर्दछ । 

त्यसपछि रकम प्राप्त गर्ने व्यक्तिको मोवईल नम्बर र नाम राखेर पठाउनु पर्छ । त्यसपछि कन्ट्रोल नम्बर रकम प्राप्त गर्ने व्यक्तिलाई पठाउनु पर्छ । रेमिट्यान्स रिसिभ गर्ने ब्यक्तिले बैंक तथा वित्तीय संस्था वा रेमिट सेन्टरमा गएरपनि प्राप्त गर्न सकिन्छ ।

यद्यपी यो सेवा लिनको लागि जसको नाममा मोवाइल एप छ, उसैले मात्रै रकम रिसिभ गर्न सकिन्छ । यस्तै पैसा पठाउन पनि मोवाइल एप भएको व्यक्तिको वालेटबाट रकम काटिन्छ ।

यसको लागि स्मार्ट फोन र इन्टरनेट भने अनिवार्य रहेको छ । उक्त एप पनि केवाइसी भेरिफाई भएको हुनुपर्दछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।