बैंकहरु ‘जोडी’ खोज्न आन्तरिक छलफलमा व्यस्त, साधारणसभामा सञ्चालकलाई अधिकार दिने प्रस्ताव लैजादै

Nov 25, 2020 11:41 AM merolagani

विष्णु बेल्बासे

कोरोना भाइरस संक्रमणका कारण मर्जरको बिषय ओझेलमा परेपनि फेरि त्यो बिषयले प्राथमिकता पाउन थालेको छ । केही बैंकका सञ्चालकहरु मर्जरका लागि ‘जोडी’ जोडी खोज्न व्यस्त देखिएका छन् ।

मर्जरका बिषयमा धेरै हल्ला भएकोले अहिले गोप्य रुपमा बैंकहरुबीच आन्तरिक छलफललाई तिब्रता दिएका छन् । शेयर बजारमा असर पार्ने भएकाले सर्तक हुन जरुरी रहेको एक बैंकका सञ्चालकले बताए ।

बैंकका अध्यक्ष, सञ्चालक, ठूला लगानीकर्ता र सिइओहरु मर्जर तथा एक्वायरका लागि जोडी खोज्न लागि परेका थिए । बैंकहरुले वार्षिक साधारणसभाबाट मर्जर र एक्विजिसन सम्बन्धि काम गर्नका लागि सञ्चालनक समितिलाई अक्तियारी दिने प्रस्ताव पनि पारित गराउँदै छन् ।

एनआइसी एशिया, कुमारी बैंकलगायतले आगामी साधारणसभामा मर्जर र एक्विजिसन सम्बन्धि कार्य गर्नका लागि सञ्चालक समितिलाई अक्तियारी दिने प्रस्ताव लैजादै छन् ।

बैंकहरु मर्जरमा जानका लागि जोडी खोज्न थालेका छन् । पछिल्लो समय करिव आधा दर्जन वाणिज्य बैंक बिग मर्जरमा जान इच्छुक देखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए । कुन बैंक कोसँग मर्जरमा जाँदै छन भन्ने बारेमा भने उनले केही खुलाउन चाहेन ।

पछिल्लो समय सिभिल, सेन्चुरी, एनसीसी, नेपाल बंगालादेश, सिटिजन्स, लक्ष्मीलगायतका बैंकहरु मर्जरमा जान इच्छुक रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

मर्जरमा जानका लागि तेस्रो पुस्ताका वाणिज्य बैंकको पहिलो रोजाइ पहिलो पुस्ताका बैंकहरु हुने गरेका छन् । तेस्रो पुस्ता अर्थात पछिल्लो पटक सञ्चालनमा आएका वाणिज्य बैंकहरु पहिलो पुस्ता अर्थात सवैभन्दा पहिले सञ्चालनमा आएका बैंकसँग मर्जरमा जादा फाइदा बढी हुने भएकाले पनि उनीहरुको पहिलो रोजाइ पहिलो पुस्ताका बैंक हुन पुगेको हो ।

तेस्रो पुस्ताका सिभिल, सेन्चुरीलगायतका बैंकहरु पहिलो पुस्ताका स्टयाण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, एबिआई, हिमालयन, इन्भेष्टमेन्टलगायतका बैंकसँग मर्जरमा जान चाहेका छन् । पहिलो पुस्ताका बैंकसँग मर्जरमा जादा स्वाप रेसियो बढी हुने र ठूलो बैंकको सञ्चालक हुन पाइने भएकाले तेस्रो पुस्ताका बैंकको पहिलो रोजाइ पहिलो पुस्ताको बैंक भएको हो ।

पछिल्लो पुस्ताको सिभिल बैंकले फेरी पहिलो पुस्ताको हिमालयन बैंक, एभरेष्ट बैंकसँग कुरा अगाडि बढाएको छ । एक बैंकका अध्यक्षले पहिलो पुस्ताका बैंकसँग कुराकानी भइरहेको जानकारी दिए । तर, उनले शेयर बजारमा असर पर्ने भएकाले कुन बैंकसँग मर्जरमा जान लागेको भन्ने बारेमा भने खुलाउन चाहेनन् ।

तेस्रो पुस्ताका बैंक र पहिलो पुस्ताका बैंकबीच मर्जरमा जाने अन्तिम तयारी भइरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
दोस्रो पुस्ताका बैंक पनि सकेसम्म पहिलो पुस्ताकै बैंकसँग मर्जरमा जान इच्छुक देखिएका छन् । दोस्रो पुस्ताको लक्ष्मी बैंक यसअघि नै पहिलो पुस्ताको एभरेष्ट बैंकसँग मर्जरमा जान चाहेको थियो । तर, उनीहरुको कुरा स्वाप र सञ्चालक समितिमा नमिलेपछि मर्जर तोडिएको थियो ।

अहिले पनि दोस्रो पुस्ताका कुमारी बैंक, लक्ष्मी बैंक, बंगालादेश बैंक, एनसिसि बैंक, सिद्धार्थ, सनराइज, सिटिजन्स, माछापुच्छे, सानिमा, प्राइमलगायतका बैंकहरुमध्ये केही पहिलो पुस्ताका बैंकसँग मर्जरमा जान नचाहे पनि धेरैजसो भने मर्जरमा जाने चाहना राखेका छन् ।

तेस्रो र दोस्रो पुस्ताका बैंकले मर्जरमा जान धेरै इच्छा देखाउन थालेपछि पहिलो पुस्ताका बैंकको शान अलि धेरै बढेको छ । मर्जरको हल्ला बाहिर आएसँगै उनीहरुको शान बढदै गएको छ । तेस्रो र दोस्रो पुस्ताका धेरै बैंक पहिलो पुस्ताको हिमालयन बैंकसँग मर्जरमा जान इच्छुक देखिएका छन् । स्टयाण्डर्ड चार्टर्डले मर्जरमा नजाने बताइसकेको छ ।

नबिल बैंकले आफ्नो शान उच्च भएको र अन्यलाई गन्दै नगन्ने अवस्थामा छ । एभरेष्ट पन्जाव नेशनल बैंकको सहकार्यको रवाफ देखाइरहेको छ । एसबिआई पनि त्यस्तै छ । इन्भेष्टमेन्ट बैंकले आफूलाई कमजोर ठानिरहेको छैन् ।

पहिलो पुस्ताका बैंकको रवाफ दोस्रो र तेस्रो पुस्ताका बैंकलाई मन पर्दैन । तर, पनि बध्यता छ । राष्ट्र बैंकले पनि तेस्रो र दोस्रो पुस्ताका बैंकलाई पेल्ने गरेको छ । केन्द्रीय बैंकले पहिलो पुस्ताका बैंकले गल्ती गर्दा पनि छाकछोप गर्ने तर दोस्रो र तेस्रो पुस्ताका बैंकले गल्ती नै नगर्दा पनि सजाय दिने धम्की दिँदै आएको छ ।

तेस्रो पुस्ताका बैंक पहिलो पुस्तासँग मर्जरमा जान नसके दोस्रो पुस्ताका बैंकसँग मर्जरमा जाने तयारी बनाएका छन् । सिभिल बैंकका एक सञ्चालकले दोस्रो पुस्ताका बैंकसँग पनि कुरा भइरहेको बताए । सेन्चुरी बैंकले पनि त्यस्तै अवधारणा बनाएको बुझिएको छ । पहिलो पुस्ताको जनता बैंक दोस्रो पुस्ताको ग्लोबल आइएमई बैंकसँग मर्जरमा गएजस्तै अन्य बैंक पनि त्यसैगरी जाने तयारी छन् ।

अहिलेसम्म धेरै बैंक तथा वित्तीय संस्थाहरुमा मर्जर तथा एक्विजिसनमा गएका छन् । वाणिज्य बैंकमा धेरैजसो विकास बैंक र फाइनान्स कम्पनी गाभिएका छन् ।

राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी मर्जरमा गइसकेकाले पनि उनीहरुलाई दवाव दिन छाडेको छ । तर वाणिज्य बैंकको संख्या नघटेकाले उनीहरुलाई स्वतस्फूर्त रुपमा मर्जरमा जान आग्रह गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।