रेकर्ड नै रेकर्ड कायम गरेको साता यी हुन् घटेका उपसमूह

Nov 28, 2020 08:24 AM Merolagani



यस साता नेपाल स्टक एक्सचेञ्जमा रेकर्ड नै रेकर्ड कायम भएको छ। अल टाइम हाइ अर्थात १८८१.७४ लाई तोडेर नेप्से उकालो लागेपछि नयाँ रेकर्डहरु बनेका हुन्।

यस साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो अवधिसम्मको अलटाइम हाइ रेकर्ड तोडेको थियो। सो दिन नेप्सेले अलटाइम हाइको नयाँ रेकर्ड बनाएको थियो। गएको बिहीबार नेप्से १८९३.२४ विन्दुमा बन्द भएको थियो। सो दिन नेप्से उकालो लागेर १९२७ विन्दुसम्म पुगेको थियो। यद्यपि अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा बजारमा बिक्री चाप बढ्न गई नेप्से १८९३.२४ विन्दुमा झरेको थियो।

सो दिन नेप्सेमा अन्य नयाँ रेकर्डहरु पनि कायम भएको थियो। सो बिहीबार नेप्सेमा हालसम्मकै उच्च रकमको शेयर खरिदबिक्री भएको थियो। सो दिन ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यस अघि गत मंसिर ७ गते ६ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

त्यसैगरी, नेप्सेको बजार पूँजीकरण पनि हालसम्मकै उच्च कायम भयो। यस साताको अन्तिम कारोबार दिन नेप्सेको कूल बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यस साता नेप्से परिसूचक ६.४७ प्रतिशत अर्थात ११५.१२ अंक बढेर १८९३.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ६.४४ प्रतिशत अर्थात २२.११ अंक बढेर ३६५.१८ विन्दुमा पुगेको छ। यस साता दैनिक औषतमा १९९ कम्पनीको ५७ हजार ४२६ पटकको कारोबारमा ६ अर्ब ६० करोड रुपैयाँ बराबरको १५ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा नयाँ रेकर्ड कायम भएको साता ३ उपसमूहको परिसूचक भने ओरालो लागेको छ। यस साता म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स र होटल उपसमूहको परिसूचक ओरालो लागेको हो। यी तीन उपसमूहको परिसूचक क्रमशः ०.९३ प्रतिशत, १.४१ प्रतिशत र ४.१२ प्रतिशत घटेको हो।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १४.९३ प्रतिशत अर्थात ५७२.२२ अंक बढेको छ। त्यसैगरी, अन्य उपसमूहको ११.४८ प्रतिशत र बैंकिङ्गको ८.७० प्रतिशत बढेको छ।

यस साता मोस्ट पपुलर बाइ स्टकको सूचीमा महिला सहयात्रा माइक्रोफाइनान्स, राधी विद्युत कम्पनी, साधना लघुवित्त लगायतका कम्पनीहरु परेका छन्। त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकमा बोलटर्स नेपाल (तराई), सिनर्जी पावर, बुटवल पावर लगायतका कम्पनीहरु परेका छन्।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।