शेखरले सबैलाई समेट्न सके महासंघका राहु केतु सबै पाखा लाग्छन्, नसके भवानीकै जस्ताे गए गुज्रेकाे कार्यकाल

Nov 30, 2020 05:57 PM merolagani

ज्ञानेन्द्रलाल प्रधान

हामीकहाँ आफ्नै अगाडि गलत कुरा भएको छ भने पनि चुप लागेर बस्ने,घुस्याहा हुने,नचाहिने कुरा गर्ने,कालोलाई सेताे भन्ने र दिनलाई रात भन्ने धेरै छन् । यस्तो भन्ने हाम्रो देशमा मात्र रहेछन् । अन्य देशमा यस्तो हुँदो रहेनछ ।

 विकसित देशमा कालोलाई सेतो बनाउन कसैले सक्दैनन् । ती देशका ९० प्रतिशत नागरिकले कालोलाई सेतो बनाउन भन्दा मान्दैनन् । तर, हामी कहाँ त कालोलाई सेतो बनाउन हुँदैन भन्दा ९९ प्रतिशतले साथ दिँदो रहेनछ । नेपाल उद्योग वाणिज्य महासंघमा कालोलाई कालै र सेतोलाई सेतै भन्ने व्यक्तिको खाँचो रहदै आएको छ ।

यो पाली मेरो एजेन्डा महासंघमा बोल्ने मान्छे चाहिन्छ भन्ने थियो । त्यो एजेन्डामा आउने व्यक्तिलाई जिताउने काम पनि गरियो । महासंघमा गएर बोल्ने कि नबोल्ने भन्ने कुरा सोधेर जो बोल्छ त्यसैलाई जिताउने काम गरियो । महासंघमा गएर बोल्ने सपथ खुवाएर भोट दिने काम गरियो ।

म महासंघमा गएर नौ वर्षको ११ करोडको बेरुजु सात महिनामा सकाएको थिए । मैले महासंघमा भएको बिकृतीका बारेमा खुलेरै कुरा राख्न थालेको थिए । मैलै महासंघमा भएको बिकृतिको कुरा गर्दा त्यसको पक्षमा कोही बोल्दैन थिए ।

मलाई पदको लोभ भए त म बिकृतिको बारेमा नबोलेर नै माथि जान सक्थे । म भवानी राणाको विपक्षमा जानु पनि पर्ने थिएन । महासंघमा भएका नराम्रा कुरा बाहिर निकालौ, साथी भाइ जेल नै जाने स्थिति थियो । मेरो उद्देश्य त साथीभाइलाई जेल पठाउने थिएन । साथीभाइलाई अवदेखि यस्तो नगरौ भन्ने उद्देश्य मेरो थियो । तर, बिकृतिका बारेमा कोही बोल्न नचाहने प्रवृति छ ।

बिकृतिको बिपक्षमा म सधै उभिए । जतिबेला रुकुम रोल्पामा माओवादी द्धन्द भएको थियो । जलविद्युत आयोजना मेराे उतै भएपछि त माओवादीका बारेमा सबै कुरा मलाई थाहा थियो । महासंघमा कुरा हुँदा माओबादीको चिन्ता नै छ्रैन् । भोली यो कुरा ढोकामा आइपुग्छ भनेको थिए । पहिलेदेखि नै बिकृतिको पक्षमा लाग्नु पर्छ भन्दा कोही बोलेनन् ।

आखिरमा ३,४ वर्षमा नै रुकुम रोल्पामा देखिएको समस्या काठमाडौंमा आइ पुग्यो । त्यसपछि सबै भागा भागको स्थिति बन्यौ । सुरुमा नै बोलेको भए त केही हुन्थ्यो ।

मोओवादीको ज्यादतीका बिरुद्धमा कुश जोशी अध्यक्ष हुँदा हामीले सेतो सर्ट लगाएर आन्दोलन गर्यो । हामीले त्यसबेला बिना हतियार जित्यौं । महासंघले निकाल्ने आवाजले सबैको ध्यान तान्न सक्छ । महासंघको आवाजले समस्याको समाधान गर्न सहयोग पुग्छ ।

जे होस महासंघको यसपालीको निर्वाचनमा टिम मिलेर आएको छ । चन्द्र ढकाललाई गुट बन्दी छाड भनेर मैले भनिसकेको छु । चन्डी ढकालको पछाडि लागेर धेरै भोट गुमायौ भनेर भनिसकेको छु । चलाक ढकालले गुट बन्दी छाडी पनि हाल्छन् ।

सबै मानिसको आफ्नो बिज्ञता हुन्छ । सबै मानिसको दुईवटा भन्दा बढीमा बिज्ञता हुँदैन् । तर देशको विकास भनेको एउटा बिज्ञताले आउँदैन् । राजनीतिक गर्नका लागि राजनीतिमा बिज्ञता चाहिन्छ । प्रशासनमा बिज्ञता भएको पनि प्रशासन चलाउन चाहिन्छ ।

अर्थशास्त्रमा बिज्ञता भएको पनि चाहिन्छ । व्यक्तिले आफ्नो मात्रै आवाज निकाल्ने र त्यो आवाजलाई सरकारले नसुन्ने भएकाले पनि सामुहिक आवाज निकाल्न संस्थाको आवश्यकता परेको हो ।

महासंघले के गर्दा अर्थतन्त्रलाई अगाडि लान सकिन्छ भन्ने बिषयमा सरकारलाई सम्झाउन सकेन कि भन्ने पनि छ । जो मनिस जेल बसेको छ, त्यसले जेलनेल भन्दा अरु बुझदैन । जो मानिसहरु कुर्सीमा पुग्नका लागि मरेर लाग्छन् उनीहरुले अर्थतन्त्र कसरी अगाडि बढाउनु पर्छ भनेर बुझ्दै बुझ्दैनन् ।

कुर्सीमा बस्नेले म कसरी कुर्सीमा पुग्ने भन्ने मात्र भनेर सोच्छन । अहिले पनि कुर्सीमा पुग्नका लागि हानथाप भएको छ । आर्थिक एजेन्डा बुझाउन नसक्दा हामी फेल खायौं । राजनीतिले नेपाल असफल भएको होइन, महासंघ, सिएनआइ जस्ता संस्था फेल असफल भएका हुन् ।

हामीले के गर्दा देशको आर्थिक विकास हुन्छ भनेर भन्न सकेनौं । १९७० मा विश्वमा नेपालको अवस्था ६० देखि ६२ मुलुक भित्रमा थियौं । अहिले हामी १०० माथि पुगिसक्यौं । विकृति र विनासमा पनि सबैभन्दा उच्चमा पुगेका छौं । त्यसको सबैभन्दा कमजोरी महासंघलाई जान्छ ।

देशको अर्थतन्त्रका बारेमा छिमेकी मुलुकका नेताहरु अति नै चलाख छन् । उनीहरुले राजनीतिक कुरामा चिन्ता गर्नु नपर्ने भएकाले देशको आर्थिक अवस्थालाई राजनीतिक आँखाबाट हेरेका छन् ।

हामीकहाँ त दुई तिहाइ सरकार छ कहिले ढल्ने हो थाहा छैन् । उसलाई त राजनीतिक चिन्ता भन्दा अरु केही भएन् । अहिलेका नेतालाई त आर्थिक एजेन्डा भन्ने त शुन्य जस्तै भएको छ । अहिले कुन चाँहि प्रधानमन्त्री तथा मन्त्रीले देश विकासका लागि कुन एजेन्डा ल्याए त भन्न सक्ने अवस्था छैन् ।

आर्थिक विकासको एजेन्डा अगाडि नबढाउने हो भने देश झनपछि झन तल मात्रै जाने हो । आर्थिक एजेन्डा बोक्ने हो भने कम्युनिष्ट देश चीन पनि लोकप्रिय भएको छ । आर्थिक एजेन्डा लिएको प्रजातान्त्रिक मुलुक बेलायत पनि लोकप्रिय छ । आर्थिक मामिलामा अनुशासित सिंगापुर पनि माथि पुगेको छ ।

आर्थिक एजेन्डाले भित्र तितो भएपनि बाहिरी आवरणलाई मिठो बनाउने काम गर्छ । आर्थिक एजेन्डामा हामी फेल खाएका हौं अरुमा एजेन्डामा होइन् ।

आर्थिक एजेन्डामा महासंघले स्पष्ट आवाज निकाल्न सक्नुपर्छ । यो पाली मेरो महासंघमा बोल्ने मानिस ल्याउने पहिलो कोशिस भयो । दोस्रो, बिकृतिको विरोध गर्ने मानिस ल्याउने कोशिस भयो । जसमा हामी सफल भएका छौं ।

विगतमा केही क्षेत्र छुटेका थिए । पूँजी बजारबाट मानिस ल्याउन छुटाएका थियौं । अहिले पूँजी बजारको पूँजीकरण २५ खर्ब पुगेको छ । २५ खर्बको बजारमा कति कर लगाउने भन्ने बारेमा अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन् ।

व्यक्तिलाई कर लाग्ने हो कि पूँजीबजारमा कर लाग्ने हो त्यो एउटा छुट्याउने कार्य भएको छैन् । त्यो नछुटिदा केहीलाई खाने बाटो मात्र भएको छ ।

शेयर बजारका बिषयमा आवाज उठाउन अम्बिका पाैडेललाई ल्याइयो । अम्बिका पौडेल मेरा उम्मेदवार हुन् । पौडेलले करका बिषयमा कुरा उठाउने छन् । २५ प्रतिशत कर लाग्ने वा १ तथा ३ प्रतिशत कति लाग्ने हो, त्यो राज्यले भनि दिनुपर्यो । करमा खेलाउने काम गर्नु भएन ।

जलविद्युत आयोजना निर्माण नभएर समस्या भएको थियो । बिजुली नहुँदाको समस्या हामीलाई थाहा छदै छ । ऊर्जा क्षेत्रको आवाज उठाउनका लागि शैलेन्द्र गुरागाईलाई ल्याइएका छौं । शैलेन्द्रलाई मेरै कम्पनीबाट उठाएर ल्याएको हो । उनलाई पनि धेरै भोट ल्याएर जिताउने काम गरियो । जलविद्युत आयोजनाले भोगेका समस्याका बारेमा शैलेन्द्रले बोल्ने छन् ।

केही क्षेत्रमा युवालाई महासंघमा ल्याएका छौं । बिकृतिका बिरोधमा बोल्न सक्ने युवालाई ल्याएका छौं । महासंघमा यो पाली परिवर्तन आएको छ । यो परिवर्तनलाई शेखर गोल्छाले साथ लिएर अगाडि बढन सके धेरै राम्रो हुन्छ । नत्र गत भवानी राणाको जस्तो गए गएगुज्रेकाे कार्यकाल हुने छ ।

भवानी राणाको जस्तो गएगुज्रेको कार्यकाल महासंघको इतिहासमा कहिले पनि भएन । राणालाई न उद्योगको न त निर्यातको ज्ञान छ । उनलाई आफ्नो होटलको पनि ज्ञान छैन् । 

महासंघमा भएका बिकृति त मैले मात्र भनेको होइन, महालेखाले पनि भने पनि भनेको छ । अक्तियारले पनि कृषि उद्योग केन्द्रको पैसा प्रयोग भएको छ भनेकै छ । अहिले पाँच तारे होटलमा कृषि उद्योग केन्द्रको पैसा हाल्ने हो र ?

५ तारे होटलमा बैंठक बसेर कृषि उद्योग हुन्छ ? यस्तो बिषयको बिरोध गर्न सक्नु पर्छ । महासंघ फेरिएर थिङक ट्याक्क बन्ने मौका छ । अहिले शेखर गोल्छा आफु एक्लै नकुदी सबैलाई समेटेर समावेशी तरिकाले अगाडि बढन सकेको खण्डमा गज्जव नै हुन्छ । विगतमा महासंघमा राहु केतु थिए । ती पनि पन्छिने छन् । होइन भने महासंघ फेरि राहु केतुकै घेरमा नै पर्ने छ ।

चन्द्र ढकाल र रामचन्द्र संघाई गुटबन्दीमा लागेको शेखरको बिरोधमा नै लाग्नु पर्छ भन्नेमा छैनन् । ढकालले स्पष्ट रुपमा भनेका छन् निर्वाचन जितेको भोलीदेखि म चाँहि महासंघको हो । म कसैको गुट उपगुटको होइन भनेका छन् ।

बस्तुगतको आ आफ्नै समस्या छन् । कसैको छालाजुता कारखानाको समस्या छ भने त्यसले छालाजुताकै मात्र समस्या ल्याउछन् । जलविद्युतको समस्या छ भने जलविद्युतको मात्रै समयस्या ल्याउने र अरु बिषयमा बोल्दैनन् । एशोसिएटमा सम्पूर्ण उद्योगी व्यापारी भएकाले त्यसमा उद्योग, व्यपार, आयात निर्यात, जलविद्युत सबै क्षेत्रको प्रतिनिधित्व हुन्छ । महासंघमा एशोसिएट वास्तविक थिङक ट्याक्क हो । त्यसो भएका हुनाले उचित व्यक्ति ल्याउनु आवश्यक छ ।

मैले शैलेन्द्र गुरागाईलाइ जलविद्युत क्षेत्रका ५ वटा एजेन्डा निकाल भनिसकेको छु । राज्यसँग सहकार्य गर्नु पर्ने ५ वटा कुरा के हो त ? सबै कुरा मागेर त हुँदैन्, राज्यले दिनु पनि पर्यो ।

त्यस्तै, पूँजी बजारमा ५ वटा एजेन्डा के हो त । सबैसँग ५ वटा एजेन्डा माग्ने र ती एजेन्डामा छलफल गरेर समस्या समाधान गर्ने बाटोमा जानुपर्छ । म नेपाल उद्योग परिसंघ (सिएनआइ) मा भएकाले पनि सिएनआइ,नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बरसँग मिलेर जलविद्युत क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यले गर्नु पर्ने ५ काम के के हुन त्यसमा छलफल गछौं ।

त्यसैगरी, पूँजी बजार, पर्यटनका समस्या समाधानमा लाग्ने छौं । म बाहिर बसेर पनि महासंघको काममा लाग्ने छु । महासंघमा अहिले जुझारु साथीहरु आएका छन् । उनीहरुको साथ सहयोग लिएर समस्या समाधानका उपायको खोजीमा लाग्ने छौं ।

(नेपाल उद्योग परिसंघका ऊर्जा विभाग प्रमुख रहेका ऊर्जाविद् प्रधानसँग गरिएको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।