चीन अमेरिका व्यापार युद्धः बेइजिङ्ग वासिङ्गटनसँग ‘जस्तालाई तस्तै’ गर्दै अघि बढ्यो

Dec 01, 2020 07:00 PM BBC



चीनले ‘नियन्त्रित वस्तु’ हरुको निर्यातलाई प्रतिबन्ध लगाउने नयाँ कडा कानून ल्याएको छ। ती नियमहरुले सबैभन्दा पहिले मिलिटरी प्रविधिहरुमा केन्द्रित छ र अरु त्यस्ता वस्तुहरुसँग केन्द्रित छ, जसले चीनको राष्ट्रिय सुरक्षालाई नोक्सान पु¥याउन सक्छ।

यस निर्यात नियन्त्रण अमेरिकाले गरेका यस्तै कार्यहरुको प्रतिक्रिया हो भन्ने अनुमान लगाइएको छ।

टिकटक, हुवावे र टेनसेन्ट, वासिङ्गटनको चिनियाँ टेक्नोलोजी क्रयाकडाउनका शिकार भएका कम्पनीहरुमध्ये हुन्। मंगलबार लागु भएको नयाँ नियमले अमेरिकासँगै चलिरहेको व्यापार युद्ध बढाउन सक्ने चिन्ता छ। दुनियाँको दुई सबैभन्दा ठूला अर्थव्यवस्थाहरुका बीच व्यापारिक मतभेद सन् २०१८ मा शुरु भएको थियो, तर यस वर्ष यो बढ्यो।

प्राविधिक शीत युद्ध

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले धेरै चिनियाँ फर्महरु विरुद्ध कार्यकारी आदेश पेश गरेको छ, जसमा यी कम्पनीहरु चिनियाँ सरकारसँग डाटा शेयर गर्नसक्ने आरोप लगाइएको थियो।

नेशनल युनिभर्सिट अफ सिंगापुरका प्रोफेसर एलेक्स क्याप्रि बताउँछन्, ‘चीनको यो नयाँ निर्यात कानून टेक युद्ध अघि बढ्नुको प्रतिकृया हो र यसले चीन आफुलाई फाइदा उठाउने मौका खोजिरहेको छ।’ ‘र मैले भेटेको अर्को रोचक कुरा चीनले यस निर्यात नियन्त्रणभित्र सबै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिडमहरु समावेश गरेका छन्।

‘यो टिकटकमा अमेरिकी प्रतिबन्धद्वारा प्रेरित छ। चिनियाँ सरकार आफ्ना एआई शेयर गर्न चाहँदैनन्।’ क्याप्रि मान्छन् कि अमेरिका र चीनका बीच चलिरहेको व्यापार युद्धले बाइडेनको नेतृत्वमा ‘समान मार्ग’ अनुसरण गर्नेछ। ‘हामी चीनसँग शीतयुद्धको अवस्थामा छौँ– यो एक प्राविधिक शीतयुद्ध हो’, उनले बताए।

नयाँ कानूनले के गर्छ?

एक्सपोर्ट कन्ट्रोल ल ले ‘नियन्त्रित वस्तु’हरुलाई विभिन्न वर्गमा विभाजित गरेको छ जसलमा आणविक, मिलिटरी वस्तु र सर्वसाधारण र मिलिटरी दुबैले प्रयोग गर्न सक्ने बहुउपयोगी बस्तुहरु समावेश छन्।

कानूनले त्यस्ता वस्तुहरुलाई पनि समेट्छन् जुन चीनको राष्ट्रिय सुरक्षाको रक्षाका लागि महत्वपूर्ण मानिन्छ।

नियन्त्रण सूचीमा सूचीबद्ध कुनै पनि वस्तु निर्यात गर्न वा अस्थायी नियन्त्रणको अधिनमा निर्यातकर्ताहरुले इजाजतपत्रको लागि आवेदन दिन आवश्यक छ। नियन्त्रित वस्तुहरुसँग सम्बन्धित डाटा पनि सो कानूनले समेट्छ। यस कानून उल्लंघन गरेमा ७६० हजार डलरसम्मको कारोबारमा १० गुणासम्म जरिवाना लाग्नेछ। यसले विदेशी व्यक्ति र संगठनहरुलाई सजाय दिने अनुमति दिएको छ, साथै बेइजिङ्गले विश्वभर संवेदनशील प्रविधिको बिक्रीको प्रतिबन्धित गर्नका लागि यसको उपयोग गर्ने प्रयास गर्नसक्छ।

दुर्लभ धर्ती

यस कानूनले दुर्लभ पृथ्वी खनिजहरुको निर्यातमा प्रभाव पार्न सक्ने अनुमानले यी खनिजहरुको मूल्य वृद्धि भएको छ।

चीन पृथ्वीका दुर्लभ खनिजहरुको ठूलो सप्लायर हो, जुन उपभोक्ता इलेक्ट्रोनिक्स– स्मार्ट फोनदेखि विन्ड टरबाइनसम्म, त्यस्ता वस्तुहरुको उत्पादनमा प्रयोग हुन्छ।

जब दुर्लभ पृथ्वीको कुरा आउँदा तब चीनलाई एकदमै ठूलो फाइदा हुन्छ,’ क्याप्रि बताउँछन्, ‘अनिवार्य रुपमा, पछिल्लो ३० वर्षमा, दुर्लभ पृथ्वी खनिज उत्खनन गर्ने क्षमता चीनसँग छ। जब जेट फाइटर र अटोमोटिभ आदिको कुरा आउँछ तब यो निकै महत्वपूर्ण हुनेछ।

(बीबीसीबाट अनुवादित)




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।