बैंक अफ काठमाण्डूले मंसिर २४ गतेदेखि ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

Dec 01, 2020 04:40 PM Merolagani



बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र मंसिर २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यकाे १ अर्ब ६० कराेड रूपैयाँ बराबरकाे १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये ९६ करोड रुपैयाँबराबरको ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६४ करोड रुपैयाँ बराबरको ६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्नेछ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्थाले समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा मध्यम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।