अघिल्लो कारोबार दिन अर्थात बुधबार ३९.६० अंक घटेर १९५५.७५ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा १.१५ अंक घटेर १९५४.६१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५८ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २१ कम्पनीको १६ लाख ५८ हजार ८३९ रुपैयाँ बराबरको कित्ता ३ हजार १२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।