बैंकिङ्गमा आकर्षण बढ्दा अलटाइम हाइ रेकर्डमा नेप्सेको ‘ह्याट्रीक’, कारोबार रकम पनि बढ्दो

Jan 10, 2021 03:33 PM Merolagani

नेप्से परिसूचकले अलटाइम हाइ रेकर्डमा ‘ह्याट्रीक’ गरेको छ। लगातार तीन कारोबार दिन नयाँ अलटाइम हाइ रेकर्ड बनाउँदै नेप्सेले ‘ह्याट्रीक’ गरेको हो।

गत साताको बुधबार नेप्से २१७८.५७ विन्दुमा पुग्दै नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। त्यसको भोलिपल्ट नै नेप्सेले सो रेकर्ड तोड्दै २१९४.४९ विन्दुमा पुगेर नयाँ अलटाइम हाइ रेकर्ड बनाएको थियो। त्यसैगरी, सो रेकर्डलाई आज आइतबार तोडेर २२३५.७२ विन्दुमा पुगि लगातार तेस्रो कारोबार दिन अलटाइम हाइ रेकर्ड बनाउन सफल भएको हो।

साताको पहिलो कारोबार दिन नेप्से १.८८ प्रतिशत अर्थात ४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स १.७१ प्रतिशत अर्थात ७.२१ अंक बढेर ४२८.४३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०३ अंक बढेको हो।

नेप्सेसँगै पछिल्ला दिनहरुमा कारोबार रकम पनि बढ्दै गएको छ। गत बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसैगरी, यस दिन २०७ कम्पनीको ५७ हजार १७१ पटकको कारोबारमा ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 

नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएकोले लगानीकर्ताहरु अझ उत्साहित भएका छन्। नेप्से परिसूचकको वृद्धिलाई भोल्यूमले साथ दिन अत्यन्त जरुरी छ। भोल्यूम सहितको परिसूचक वृद्धि बलियो हुने जानकारहरु बताउँछन्।

६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नेप्से बढेसँगै यस दिन ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन प्रभु लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। निर्धन उत्थानको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.३१ प्रतिशत घटेको छ। बाँकी कम्पनीहरुको शेयरमूल्य गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

 

 

बैंकिङ्ग र विकास बैंकको सूचकमा उच्च वृद्धि

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। सोमध्ये विकास बैंकको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ भने बैंकिङ्गको ३.५९ प्रतिशत बढेको छ। त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३.१७ प्रतिशत, वित्तको २.१५ प्रतिशत, होटलको १.०८ प्रतिशत र हाइड्रोपावरको १ प्रतिशत बढेको छ। जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन ०.१२ प्रतिशत घटेको छ।

वाणिज्य बैंकहरुको उच्च कारोबार

यस दिन वाणिज्य बैंकहरुको उच्च कारोबार भएको छ। कारोबार रकमका आधारमा शीर्ष १० कम्पनीहरुको सूचीमा ७ वाणिज्य बैंक रहेका छन्। यस दिन प्रभु बैंकको सर्वाधिक ४० करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।