प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

Jan 12, 2021 11:19 AM Merolagani



प्रिमियर इन्स्योरेन्स (PIC) ले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समिति तथा आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।