पाँचाैँ दिनमा 'सेञ्चुरी' मार्दै नेप्सेले बनायाे नयाँ अलटाइम हाइ रेकर्ड, बीमा र हाइड्रोमा लगानीकर्ताको आकर्षण

Jan 12, 2021 03:46 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकले लगातार नयाँ रेकर्ड बनाउदै अघि बढेको छ। पछिल्लो ४ दिन लगातार नयाँ रेकर्ड बनाउदै आएको नेप्से सूचकले मंगलबार पनि २८ अंकले बढेर अलटाइम हाइको नयाँ रेकर्ड बनाएको छ। 

नेपाल स्टक एक्सचेञ्जले पछिल्लो पाँच दिनमा १०२.२३ अंकले बढेर 'सेञ्चुरी' मारेको छ। गत मंगलबार २१६५.५० विन्दुमा बन्द भएको नेप्से सो पश्चात लगातार बढेर मंगलबारसम्ममा २२६७.७३ विन्दुमा पुगेको छ।

सोमबार इन्ट्रा डे कारोबारमा सामान्य करेक्सन देखिएको नेप्सेमा अन्तिममा सामान्य अंक बढेर बन्द भएको थियो। मंगलबार पनि नेप्सेमा २८ अंकको उछाल देखिएको हो। पछिल्लो समय बैंकिङ्ग समूहको लगानीकर्ताको आकर्षण बढ्दै गएकोमा मंगलबार भने बीमा र हाइड्रोपावर कम्पनीहरुमा आकर्षण बढेको छ।

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.६ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक क्रमशः २.६६ प्रतिशत र २.६७ प्रतिशतले बढेको छ।

यस दिन व्यापार उपसमूहको सूचक भने ०.६१ प्रतिशतले घटेको छ।

मंगलबार नेप्से सूचक १.२५ प्रतिशतले बढेर २२६७.७३ विन्दुमा पुगेको छ। यो नेप्से सूचकले कायम गरेको हालसम्मकै उच्च विन्दु हो। त्यस्तै, सेन्सेटिभ सूचक पनि ३.८९ अंकले बढेर ४३३.२८ विन्दुमा पुगेको छ।

मंगलबारको बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन २०२ वटा कम्पनीको १ कराेड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

  • आठ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार

मंगलबार कारोबारमा आएका कम्पनीहरुमध्ये ८ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्तको ९.९८ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९.९० प्रतिशत, अपर तामाकोशीको ९.८९ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.८७ प्रतिशत, समृद्धि फाइनान्सको ९.७० प्रतिशत र गोर्खाज फाइनान्सको ९.०५ प्रतिशतले बढेको छ।

यता नेपाल हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ भने प्रिमियर इन्स्योरेन्सको २.२९ प्रतिशत, सिभिल लघुवित्तको २.२२ प्रतिशत र तारागाँउ रिजेन्सि होटलको १.६३ प्रतिशतले घटेको छ।

यस दिन प्रिमियर लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने प्रभु बैंकको १६ करोड ८ लाख, अपर तामाकोशीको १५ करोड ७१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १२९ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ। १५ कम्पनीको शेयरमूल्य भने स्थिर छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।