खुद ब्याज आम्दानीसँगै घट्यो सानिमा बैंकको खुद नाफा

Jan 27, 2021 07:02 AM Merolagani

सानिमा बैंक लिमिटेड (SANIMA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा घटेको देखिएको छ।

सो अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९८ प्रतिशत घटेर १ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएकाे छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशत घटेर १ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड हुँदा जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ सञ्चित थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४१ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.५८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.२९ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.०४ बाट ४.२१ प्रतिशतमा झरेको छ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।