मञ्जुश्री फाईनान्सको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

Jan 27, 2021 12:29 PM Merolagani

मञ्जुश्री फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। फाईनान्सको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा दुई करोड ९९ लाख रुपैयाँले घटेको हो। 

गत आर्थिक वर्षको यसै अवधिमा फाईनान्सले १४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएसँगै फाईनान्सको नाफा घट्न पुगेकाे हो।

९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाईनान्सको जगेडा कोषमा ३७ करोड ७४ लाख रुपैयाँ र शेयरधनीकोषमा २ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

पुस मसान्तसम्ममा ७ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ बराबर कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिसम्ममा फाईनान्सले १९ करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५ लाख रुपैयाँ कम हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाईनान्सले १९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

फाइनासको सञ्चालन मुनाफामा समेत संकुचन भएको छ। यस अवधिसम्ममा फाईनान्सले ९ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५ लाख ९१ हजार रुपैयाँले खुम्चिएको हो।

समीक्षा अवधिसम्ममा फाईनान्सको निष्कृय कर्जा अनुपात ३.०१ प्रतिशत रहेको छ। फाईनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १० पैसा रहेको छ। मूल्य आम्दानी अनुपात १५.०३ गुणा बढी रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।