स्वदेशी लघुवित्तको नाफा १४९ प्रतिशतले बढ्यो

Jan 27, 2021 03:21 PM Merolagani

स्वदेशी लघुवित्त वित्तिय संस्थाले (SDESI) चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १४९ प्रतिशतले नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४ करोड ८२ लाख खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा १२ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा १४९.०९ प्रतिशतले धेरै हो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा उसको खुद नाफामा सुधार भएको हो। यसैगरी लघुवित्तले सम्भावित जोखिमबापतको रकम नछुट्याउदा र खराब कर्जा उठाउन सफल हुँदा पनि उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ।

सोहि अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले १५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस हिसाबले गत आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड १९ लाख वृद्धि भएको देखिन्छ।

यस्तै, संस्थाको अन्य सञ्चालन आम्दानी पनि ५ करोड ३० लाखबाट बढेर ६ करोड ४१ लाख पुगेको छ। लघुवित्तले साे अवधिसम्ममा १ कराेड ७३ लाख रूपैयाँ खराब कर्जा उठाएकाे छ।

लघुवित्तको निक्षेप संकलन १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ३ अर्ब ७७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा भने उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १.८२ प्रतिशत रहेको खराब कर्जा बढेर ४.१० प्रतिशत पुगेको देखिन्छ। यस हिसाबले आउँदा दिनमा यस संस्थाले खराब कर्जा नियन्त्रणमा ध्यान पुर्याउनुपर्ने देखिएको छ।

यस संस्थाको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७२ पैसा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।