समृद्धि फाईनान्सः ऋणात्मकबाट धनात्मकतर्फ लाग्दै, निष्कृय कर्जा उल्लेख्य घट्याे

Jan 27, 2021 02:08 PM Merolagani

गत वर्ष मात्रै समस्याग्रस्त संस्थाबाट फूकुवा भएको समृद्धि फाईनान्स(SFCL)ले चालु आर्थिक वर्षको दाेस्राे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दास्रो त्रैमासमा फाईनान्सको नाफा ऋणात्मकबाट धनात्मक तर्फ रुपान्तरण भएको वित्तीय विवरण सार्वजनिक गरेको हो।

खुद ब्याज आम्दानी नोक्सानीमा भएतापनि सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज बापतको रकम फिर्ता हुँदा फाईनान्सको आम्दानी नकारात्मकबाट सकारात्मक तिर डोहाेरिदै गरेको हो।

यस अवधिमा फाईनान्सले एक करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा फाईनान्स ८७ लाख ८६ हजार रुपैयाँ नोक्सानीमा थियो।

४० करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सको जगेडा कोषमा १२ करोड २९ लाख रुपैयाँ र शेयरधनी कोष २७ करोड १२ लाख रुपैयाँ नोक्सानीमा छ।

समीक्षा अवधिसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १६ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा फाईनान्सको खुद ब्याज आम्दानी १७ लाख रुपैयाँ गरेको थियो। यसैगरी, यस अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ८१ लाख २८ हजार रुपैयाँ रहेको छ। 

 

फाईनान्सको निष्कृय कर्जा उल्लेख्य घटेकाे छ। गत आर्थिक वर्षको यसै अवधिमा १०० प्रतिशत निष्कृय कर्जा रहेको फाईनान्सले यस अवधिसम्मा सुधार गर्दै ३१.९३ प्रतिशतमा झारेको छ।

फाईनान्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ २७ पैसा छ। 

comments powered by Disqus