मेगा बैंकको आम्दानीसंगै खुद नाफा ३७ प्रतिशतले बढ्यो

Jan 28, 2021 02:34 PM Merolagani

मेगा बैंक (MEGA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३७.२८ प्रतिशत अर्थात ३५ करोड ४२ लाख रुपैयाँले बढी हो।

गत आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा बैंकले ९५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढ्दा खुद नाफा बढेको हो। दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५६ करोड ७३ रुपैयाँ धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा पनि ४६ करोड ८९ लाख रुपैयाँ बढेर एक अर्ब ८२ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको यस्तो मुनाफा १ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको थियो।

बैंकले यस अवधिमा १ खर्ब २८ अर्ब ६२ करोड निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्ग १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। यस्तै बैंकको वितरण योग्य मुनाफा ६८ करोड १३ लाख रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १.४९ प्रतिशत रहेको खराब कर्जा अनुपात यस अवधिमा १.७१ प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १५.८० गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।