नेपाल एसबिआई बैंकको आम्दानी घटेपछि खुद नाफा ४८ प्रतिशले घट्यो

Jan 31, 2021 09:03 AM Merolagani



नेपाल एसबिआई बैंक (SBI) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा बैंकको खुद मुनाफा ४८.५५ प्रतिशत अर्थात ४८ करोड ५८ लाख रुपैयाँले घटेर ५१ करोड ४८ लाख रुपैयाँमा सीमित भएको हो।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि खुद नाफा प्रभावित भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९२ करोड १६ लाख रुपैयाँ घटेर एक अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब १० करोड १७ लाख रुपैयाँ रहेको थियो।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा ६८ करोड २ लाख रुपैयाँ घटेर ७३ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यहि अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ थियो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ ६९ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ।

चुक्ता पूँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ८३ करोड ६५ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब २४ करोड ५५ लाख रुपैयाँ सञ्चित छ। यस्तै बैंककाे वितरण याेग्य मुनाफा भने १४ कराेड ११ लाख रूपैयाँ रहेकाे छ।

यस अवधिमा बैंकले १ खर्ब ३ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ६७ पैसा, मूल्य आम्दानी अनुपात ४०.५३ गुणा र बैंकको निष्क्रिय कर्जा अनुपात ०.१९ प्रतिशत हरको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।