वोमी र ग्रामीण स्वयंसेवकको एकिकृत कारोबार चैत ३ गतेदेखि

Mar 03, 2021 08:11 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरपश्चात चैत ३ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्।

यी दुबै लघुवित्त एक आपसमा मर्ज भएपश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

गत पुस २८ गते सम्पन्न दुबै लघुवित्तको छुट्टाछुट्टै साधारण सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।

मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहने लघुवित्तले जनाएको छ।




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।