एनआईसी र स्वदेशीले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने

Mar 10, 2021 09:00 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएपश्चात चैत ८ गतेदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्ने भएको छ।

माघ ४ गते छुट्टाछुट्टै सम्पन्न यी दुबै लघुवित्तको वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो। सो सभाले भेरी नगरपालिका वडा नं. ४, जाजरकोट जिल्लामा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया लघुवित्तले इटहरी उपमहानगरपालिका वडा नं. ९ सुनसरीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) लाई मर्ज गर्न अन्तिम स्वीकृती प्रदान गरेको थियो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २३ गते स्वीकृति दिएको थियो।

मर्जरपश्चात बनेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रिय कार्यालय हाल स्वदेशी लघुवित्तको केन्द्रिय कार्यालय रहेको स्थान इटहरी उपमहानगरपालिका वडा नं. ९, सुनसरी जिल्लामा रहनेछ।

यी दुई लघुवित्त बिच गत साउन ३२ गते गाभ्ने/गाभिने सम्झौता भएको थियो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।