आइतबार पनि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ८८४ रुपैयाँ पुगेको छ। कम्पनीको मार्केट डेप्थमा झण्डै ७ लाख कित्ता शेयर खरिदको लागि माग भइरहेको अवस्थामा बिक्रीकर्ता भने शुन्य छ।
दोस्रो बजारमा कारोबार खुलेदेखि नै कम्पनीको शेयरमूल्य लगातार बढिरहेको छ। शेयर बजार घट्दो क्रममा देखिएपनि कम्पनीको शेयरमूल्यमा भने दैनिक सकारात्मक सर्किट लाग्दै आएको छ।
विगत २४ कारोबार दिनमा कम्पनीको शेयरमूल्य ४०० प्रतिशतभन्दा धेरै अर्थात प्रतिकित्ता ७२० रुपैयाँले बढीसकेको छ। पहिलो दिन १६४ रुपैयाँमा खुलेको कम्पनीको शेयरमूल्य आइतबारसम्ममा ८८४ रुपैयाँ पुगिसकेको छ।
चन्द्रागिरि हिल्सको गत माघ २५ गतेदेखि नेप्सेमा शेयर कारोबार सुरु भएको हो। कम्पनीले पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता ९६ रुपैयाँदेखि २९० रुपैयाँसम्ममो ओपनिङ्ग रेञ्ज पाएको थियो।
सुरुवाती दिनमा कम्पनीको शेयर निकै कम कित्तामात्रै कारोबार हुने गरेकाे भएपनि पछिल्ला दिनहरुमा भने कारोबार बढेको छ। गत बुधबार कम्पनीको २ हजार कित्ताभन्दा धेरै शेयर खरिदबिक्री भएको थियो।