पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ६

Mar 24, 2021 06:40 PM Merolagani

हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै आएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ छैठाैँ भाग प्रस्तुत गरिएकाे छ।

अध्याय १२ः सरप्राइज

राजनीति वैज्ञानिक स्कट सगन भन्छन्, ‘पहिले कहिल्यै नभएका कुराहरु जहिले पनि हुनसक्छ।’

इतिहासले हामीलाई आफ्नो अपेक्षालाई जाँच्न मद्दत गर्दछ, कहाँ निर मानिसहरु गलत निर्णय लिन्छन? र के ले काम गर्छ भन्ने खालका निर्देशन दिन्छ। तर, यो कुनै पनि हालतमा भविष्यको नक्सा होइन।

याद राख्नुहोस्, सर्वव्यापी वित्तीय अस्वीकरणले माने जस्तै विगतका कार्यहरु भविष्यको परिणामहरुको संकेत होइनन्। विगतको इतिहास र विगतको प्याटर्नमा केन्द्रित हुँदा दुई कुराहरु हुन सक्छन्ः

सुई सार्ने बाहिरी घटनाहरु हेर्ने

उदाहरणः १९ औँ र २० औँ शताब्दीमा १५ बिलियन मानिसहरु जन्मिए। तर, मुट्ठीभर मानिसलाई ध्यान दिनुहोस् जसले अनियन्त्रित रुपमा ऐतिहासिक घटनाहरुलाई प्रभाव पार्छ, हिटलर, स्टलिन, माओ, एड्सन, गेट्स आदि

उदाहरणः पछिल्लो शताब्दीका प्रोजेक्ट, कार्यक्रम र अन्वेशनलाई विचार गर्नुहोस्ः द ग्रेट डिप्रेशन, दोस्रो विश्वयुद्ध, खोप, एन्टिबायोटिक्स, इन्टरनेट, सोभियत यूनियनको अवशान आदि।

केही व्यक्ति र घटनाहरुले प्रभाव पार्छन् जुन अरुभन्दा अधिक परिमाणको आदेश हो। हाउसेल यसलाई ‘टेल इभेन्ट’ भन्छन्।

यस्ता घटनाहरुले दोस्राे तथा तेस्रो पराकम्पन पैदा गर्छ। ‘कुनै कुरा कसरी कम्माउण्ड हुन्छ भन्ने वेवास्ता गर्न सजिलो छ। उदाहरणको लागि ९/११ ले फेडरल रिजर्भलाई ब्याजदर घटाउन बाध्य बनायो, जसले हाउसिङ्ग बबल सिर्जना गर्यो र त्यसले वित्तीय संकटतर्फ ढकेल्यो, जसले कमजोर रोजगार बजार, लाखौँ मानिसहरुलाई कलेज शिक्षा लिन, १०.८ प्रतिशत ब्याजदरमा १.६ त्रिलियन डलर विद्यार्थी ऋण तर्फ डोर्यायो।

विश्व अर्थतन्त्रमा कुनै पनि समयमा घट्ने घटनाहरुको सम्बन्ध विगतका केही सीमित घटनाहरुसँग जोडिएका हुन्छन् जसको आंकलन गर्न लगभग असम्भव जस्तै छ।

यस्ता सरप्राइज घटनाहरुको अड्कल लगाउन करिब असम्भव छ किनभने यीनिहरु यति कुटिल, भाग्यमा निर्भर छन् र पूर्वसूचक घटनाहरुबाट यसको कल्पना गर्न गाह्रो छ।

यो विश्लेषणको असफलता होइन। यो कल्पनाको असफलता हो। अहिले केही होइन जस्तो लाग्ने घटना र कहिल्यै नदेखेका कुराहरुबाट भविष्यको कल्पना गर्न गाह्रो छ।

मनोचिकित्सक तथा अर्थशास्त्री डेनियल केम्यान भन्छन्, ‘सरप्राइजहरुबाट सिक्न सकिने सबैभन्दा सही पाठ भनेकोः यो संसार आश्चर्यजनक छ।’

त्यसैगरी, हामी ती व्यक्तिहरुमाथि शंका गर्नुपर्छ, जसले पूर्ण विश्वासका साथ भविष्य कस्तो छ भन्ने जान्दछु भन्ने दाबी गर्छन्। विगतलाई हेरेर वर्तमानलाई गलत तरिकाले बुझिन्छ किनभने विगत त्यस्ता संरचनात्मक परिवर्तनहरुका लागि जिम्मेवार छैन जुन आजको दुनियाँमा प्रासंगिक छ।

उदाहरणः केही वित्तीय उपकरणहरु नयाँ छन्। यस वास्तविकताको संकेत पहिले नै प्राप्त हुन्छ भन्नु पुरातनवाद हो। जस्तै, ४०१ के हरु सन् १९७८ मा देखा परे। २५ वर्ष अगाडि भेञ्चर क्यापिटलहरु विरलै अस्तित्वमा थिए। सन् १९७६ सम्म एसएण्डपी ५०० मा वित्तीय स्टकहरु समावेश थिएनन्।

पछिल्लो इतिहास भविष्यसँग सबैभन्दा बढी सान्दर्भिक छ किनकि यसले केही महत्वपूर्ण आविष्कार र सर्तहरुको लागि जिम्मेवार हुन्छ जसले भविष्यलाई असर गर्दछ।

इतिहासमा जति पटक तपाई हेर्नुहुन्छ, त्यति नै तपाईलाई सामान्य लाग्नेछ।

अध्याय १३ः रुम फर इरर (गल्तीको लागि ठाउँ)

ब्ल्याकज्याक र पोकर खेलाडिहरुलाई थाहा छ कि उनीहरु सम्भाव्यतामा डिल गरिरहेका छन् न कि निश्चिततामा। सबैभन्दा राम्रो योजना भनेको कुनै पनि कार्य योजना अनुसार नजानको लागि योजना बनाउनु हो।

मार्जिन अफ सेफ्टी–तपाई यसलाई रुम फर इरर भन्न सक्नुहुन्छ–निश्चितता होइन बाधाहरुले नियन्त्रित यो संसारमा सुरक्षित रहने यो मात्र एक त्यस्तो प्रभावकारी उपाय हो।

रसियन रुलेट खेल्दा बाधाहरु कहिले पनि आफ्नो पक्षमा हुँदैनन्। तर सम्भावित सकारात्मक पक्षको तुलनामा नकारात्मक पक्ष त्यति महत्वपूर्ण छैन। यहाँ कुनै मार्जिन अफ सेफ्टी छैन जसले जोखिमको क्षतिपूर्ति गर्न सक्छ।

अकल्पनीय कुरा तथा घटनाको लागि तयारी गर्न वा अनुमान गर्न असम्भव छ। असफलताको सानो अंशबाट जोगिएर असफलताको प्रभावलाई न्यूनिकरण गर्नुहोस्।

आर्थिक असफलताको सबैभन्दा मूख्य विन्दु भनेको छोटो अवधिको खर्च आवश्यकताहरुका लागि एक पेचेकमा मात्र निर्भर हुनु हो। विना कुनै बचतले तपाईले सोच्नुभएको खर्च र भविष्यमा हुने खर्च बीच ठूलो खाडल सिर्जना गर्दछ। रेनि डे फण्ड (जगेडा कोष) हरु राम्रा आइडिया हुन्–त्यसलाई आफुले कल्पना गर्न नसक्ने वा अड्कल गर्न नसक्ने घटनाहरुको लागि बचत गर्नुहोस्।

अध्याय १४ः तपाई बदलिनु हुनेछ

हामी आफ्नो भविष्यको स्वयम् भयानक भविष्यवक्ता हौँ। हाम्रा वर्तमान आवश्यकता, चाहना र सपनाहरु भविष्यका आवश्यकता, चाहना र सपनाहरु जस्तै छैनन्।

यसको परिणाम यो हो कि दीर्घकालिन योजना र निर्णय प्रभावकारी तरिकाले गर्नु एकदमै गाह्रो छ।

मानिसहरु परिवर्तन हुन्छन्। यो वास्तविकतालाई स्वीकार्नु होस्। आज जुन कुरा महत्व राख्छ, हुनसक्छ दशकपछि त्यो महत्वहिन वस्तुको रुपमा रहनेछ।

फर्किन नसक्ने विगतको घटनामा अल्झेर निर्णय लिनु परिवर्तिय विश्वमा एक नराम्रो कुरा हो। यसले हाम्रो भविष्यलाई विगतको कैदी बनाउँछ। यो एक अनजान व्यक्तिले तपाईको जीवनको महत्वपूर्ण निर्ण गर्न लगाउनु जस्तै हो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।