ज्योति लाइफको शेयर सूचीकरण अन्तिम चरणमा, यसै साताभित्र कारोबारमा आउन सक्ने

Apr 04, 2021 12:35 PM Merolagani



ज्योति लाइफ इन्सयोरेन्सको शेयर सूचीकरण प्रकृया अन्तिम चरण पुगेको छ। नेप्सेले दुई/तीन दिन भित्रै सूचीकरणको गर्ने गरी तयारी थालेको हाे।

कम्पनीले शेयर सूचीकरणको लागि नेप्सेमा आवेदन दिइसकेकाे छ। सूचीकरणको लागि आवश्यक कागजपत्र पेश भएको छ कि छैन त्यसको अध्ययन गरेर दुई/तीन दिन भित्रै शेयर सूचीकरण हुने नेप्सेले जनाएको छ ।

सिडीएससीले ज्योति लाइफको शेयर जेएलआई कारोबार संकेतमा शेयरधनीको डिम्याट खातामा पठाईसकेको छ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।

उक्त शेयर चैत १३ बाँडफाँट भएको थियो। आवेदन दिएकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।