विभागसँग अहिले सेवाग्राहीलाई उपलब्ध गराउने स्मार्ट लाइसेन्सको लागि स्मार्टकार्ड स्टक नभएपछि नेपालमा पुन लाइसेन्सका हाहाकार हुने देखिएको हो ।
कारोना भाइरस ( लकडाउन)मा रोकिएको सवारी अनुमति पत्र आवेदन एक बर्षपछि गत पुसमा खोलिएको थियो । पुसको तेस्रो सातामा खोलिएको लाइसेन्स आवेदन तीन महिनामै नयाँ लाइसेन्सको लागि १५ लाख हाराहारीले आवेदन दिइसकेको यातायात विभागले जनाएको छ ।
काठमाडौं उपत्यका लगाएत देशैभरबाट दैनिक हजारौं सेवाग्राहीले ट्रायल परिक्षा दिने गरेका छन । तर, लाइसेन्सका लागि ट्रायल परिक्षा पास गरे पनि यातायात विभागले भने झै एक महिना भित्र स्मार्ट लाइसेन्स उपलब्ध गराउने नारा नारामै सिमित भएको छ ।
कोरोना महामारीपछि नेपालमा दैनिक तीन देखि चार हजार लाइसेन्सका माग हुँदै आएको छ । तर, यातायात विभागको कमजोर नेतृत्व र अपरिपक्क व्यवस्थापनले सवारी अनुमति पत्र (लाइसेन्स) लिन बषौं कुनुपर्ने बाध्यता पुन सुरु भएको छ ।
यातायात विभागका एक अघिकारीका अनुसार अहिले विभागसँग कति पनि स्टक स्मार्ट कार्ड छैन, स्मार्टकार्डको आभावकै कारण लाइसेन्स छपाइ पुर्ण रुपमा रोकिएको छ ।
‘विभागले अब १४ लाख नयाँ स्मार्टकार्डको लागि टेन्डर आह्वान गर्दै छौं’ उनले भने‘ सरकारी कार्यालयहरुले टेण्डर निकाल्दा सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्छ जसको कारण जुसुकै सामान आयात गर्दापनि झन्झटिलो प्रक्रिया छ’ ।
अब स्मार्ट कार्ड नभएको अवस्थामा सेवाग्राही पनि झन झन बढिरहेको कारण स्मार्ट लाइसेन्स पाउन लामो समय नै कुर्नुपर्ने अवस्था आएको ती अघिकारीले बताए ।
गत बर्षको लकडाउनमा लाइसेन्स आवेदन ठप्प भएपछि त्यहि मौका छोपेर यातायात विभागले ८ लाख स्मार्ट लाइसेन्स छपाइ गरेको थियो । त्यस अघि पनि सेवाग्राहीले दुई बर्षभन्दा बढी लाइसेन्स पाउन कुर्नुपर्ने बाध्यता कायम नै थियो ।
लकडाउनमा सबै बाँकी लाइसेन्स छपाई सकिएपछि विभागले अब ट्रायल परिक्षा पास गरेको एक महिना भित्र पाउन सकिने निकर्ष निकालेको थियो ।
एक बर्षपछि खुलेको ट्रायल परीक्षाको कारण यातायात कार्यालयले लाइसेन्स आवेदकको चाप थेग्न सकेका छैनन ।
आगामी एक बर्षसम्मपनि लाइसेन्स छपाइ रोकिने हो भने अहिलेको सेवाग्राहीको संङ्ख्या दोब्बर हुनेमा कुनै दुविधा छैन् ।
अस्थायी स्मार्टलाइसेन्स झारो टार्ने काम
यातायात व्यवस्था विभागले आगामी जेठदेखि अस्थाई स्मार्ट लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । क्युआर कोड सहितको अस्थायी लाइसेन्स सेवाग्राही तथा स्मार्टलाइसेन्सको सट्टा झारो टार्ने काम मात्रै हुने भएको छ ।
उल्टो यातायात कार्यालय तथा विभागालाई आर्थिक भार पर्ने देखिन्छ । दीर्घकालिन नहुने र यस्ता अस्थायी लाइसेन्सको चरम दुरुपयोग समेत हुने विभागकै कर्मचारी बनाउँछन् ।
यातायात विभागले यस्ता अस्थायी स्मार्ट लाइसेन्स छाप्नको लागि अावश्यक सामाग्री खरिद गर्न उपत्यकाका सबै यातायात कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।
आवेदनको एक बर्षपछि ट्रायल
पछिल्लो समय लाइसेन्स आवेदन दिनेको थेगिन सक्नु चाप छ । यातायात कार्यालयहरुमा लाइसेन्स आवेदन तथा प्रयोगात्मक परिक्षाको लागि अत्याधिक भीडभाड छ ।
जसको असर ट्रायल परिक्षामा देखिएको छ । अहिले सेवाग्राहीले लाइसेन्स आवेदन दिएको खण्डमा एक बर्षपछि मात्रै यातायात कार्यालय भिजिट डेट आउने गरेको छ ।
सवारी प्रयोगात्मक परिक्षाको लागी एक बर्ष कुर्नुपर्ने भएपछि धेरैले आवेदन दिएका छैनन् ।
अंक प्रणालीको ट्रायल परीक्षाले झनै चाप
आगामी जेठदेखि यातायात विभागले ट्रायल परिक्षालाई सरलीकृत गर्ने गरि प्रक्रिया अगाडि बढाएको छ ।
७० अंक ल्याए ट्रायल परिक्षा पास हुने भएपछि धेरै सेवाग्राहीले प्रयोगात्मक परिक्षा कटाउछन । जसले गर्दा लाइसेन्स छपाइमा चाप पर्ने भएको हो ।
प्रयोगात्मक परिक्षा सजिलो भएपछि बषौं सम्म ट्रायल नकटाएकालेपनि एकैचोटि परिक्षा कटाउने छन । जसको कारण स्मार्टलाइसेन्स छपाइमा अत्याधिक चाप पर्ने छ ।
विभागले ल्याउन लागेको स्मार्ट कार्ड कहिले आइपुग्ने हो टुङ्गाे छैन । भर्खर टेन्डर प्रक्रियामा गएको उक्त प्रक्रिया ठेक्का कहिले र कस्ले ल्याउने भन्ने नै टुङ्गो लागेको छैन ।
यातायात विभागको ढिला सुस्ती र पूर्व तयारीको अभावले स्मार्टलाइसेन्स छपाइ तथा सेवा बर्षेनी झन्झटिलो बन्दै गएको छ ।