गत साता ३ प्रतिशतभन्दा बढी घटेको बजारमा यस साता के होला?

Apr 25, 2021 08:27 AM Merolagani



गत साता नेप्से ३.१९ प्रतिशत घटेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन २७३५.३९ विन्दुमा बन्द भएको नेप्से, गत साता ८७.३९ अंक घटेर २६४८ विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २७५० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २५५० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी साँघुरिँदै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर हुँदै गएको संकेत गर्दछ।

गत साता नेप्सेले बियरिस मैनबत्ती बनाएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेमा ड्रयागनफ्लाई डोजी मैनबत्ती बनाएको छ। यो एक रिभर्सल संकेत हो। यद्यपि, खरिदको निर्णय गर्न आगामी दिन बन्ने मैनबत्तीको विश्लेषण गर्नु आवश्यक छ।

नेप्सेसँगै गत साता भोल्यूममा पनि कमी आएको छ। गत साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्युम ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्युमको तुलनामा दैनिक औषत भोल्युम ३.६३ प्रतिशत कम हो।

जलविद्युत उपसमूह

गत साता जलविद्युत उपसमूहको परिसूचक ०.८२ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २५९४.४४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता २१.३४ अंक घटेर २५७३.१० विन्दुमा बन्द भएको छ।

यस अनुसार यस साता जलविद्युत उपसमूहको परिसूचक ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने देखिन्छ भने उकालो लागेमा २७०० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता यस उपसमूहको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी केही साँघुरिएको छ। यसले जलविद्युत उपसमूहमा बाइङ्ग मोमेन्टम केही कमजोर भएको संकेत गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नुअघि थप विश्लेषण गर्नु आवश्यक छ।)




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।