प्रि ओपन सेसन अपडेटः साढे १६ अंक बढ्यो नेप्से

Apr 25, 2021 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.८० अंक बढेर २६४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.६९ अंक बढेर २६६४.७० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।