प्रि ओपन सेसन अपडेटः साढे १६ अंक बढ्यो नेप्से

Apr 25, 2021 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.८० अंक बढेर २६४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.६९ अंक बढेर २६६४.७० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १२ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।