'एनआईबिएल समृद्धि फण्ड –२ बाट वार्षिक औसत २१.४३ % प्रतिफल दिन सक्ने प्रक्षेपण गरिएकाे छ'

Apr 28, 2021 12:57 PM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २० वटा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हाल सञ्चालनमा रहेका छन् । पछिल्लो समय शेयर बजारसँगै म्युचुअल फण्डको इकाई मूल्यमा समेत सुधार भएको छ । यसै क्रममा एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित तेस्रो बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –२ (NIBSF2) इकाई बैंशाख १३ गतेदेखि बिक्री खुल्ला रहेको छ ।

फण्डको अवस्था, लगानीबाट प्राप्त हुने प्रतिफल, सम्भावना, चुनौतिका विषयमा एनआईबिएल एस क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानासँग गरिएको कुराकानीः

एक अर्ब २० करोड रुपैयाँको सामूहिक लगानी कोषको इकाई बैशाख १३ गते देखि बिक्री खुल्ला भएको छ । यस भन्दा पहिलेका अरु योजना भन्दा यो योजना के फरक रहेको छ ? प्रष्ट परिदिनुस न यो योजना कस्तो हो ?

एनआईबिएल समृद्धि फण्ड– १ र एनआईबिएल प्रगति फण्ड साथै नेपालकै पहिलो खुलामुखी योजना एनआईबिएल सहभागिता फण्ड गरेर हाल जम्मा तीन वटा योजनाहरु संचालनमा रहेका छन् । पहिलो योजना एनआईबिएल समृद्धि फण्ड– १ कै प्रकृतिको वा भनौँ सोही योजनालाई रेप्लीकेट गर्न एनआईबिएल समृद्धि फण्ड– २ लिएर आएका हौँ र एनआईबिएल प्रगति फण्ड एउटा इक्वीटी वेस्ड योजना हो जसको अर्थ यसमा हामी मात्र शेयरमा लगानी गर्दछौँ र अर्को खुलामुखी योजनाको रुपमा एनआईबिएल सहभागिता फण्ड रहेको छ ।

एनआईबिएल समृद्धि फण्ड– २ को बारेमा भन्दा यो एउटा ब्यालेन्सड स्किम हो । त्यसको अर्थ हामी यस स्किमको रकमलाई बजारमा लगानी गर्दा एक किसिमको छुट्टै रणनीतिक योजना बनाएर स्किमको अवधि भरी नै लगानी गर्न सकिने विभिन्न क्षेत्रहरुमा सन्तुलित लगानीका साथ अघि बढ्नेछौँ । जस्तो कि केही प्रतिशत संस्थागत बोण्ड डेबेन्चरमा,केही प्रतिशत बैँक मुद्दति निक्षेप, केही प्रतिशत बैँक मौज्दातमा र बाँकी शेयर मार्केटमा लगानी गछौँ । यसरी हेर्दा ३० देखि ३५ प्रतिशत स्थीर आय हुने उपकरणहरुमा लगानी गर्दा लगानी र जोखिम सन्तुलित हुन गई इकाईधनीहरुलाई निरन्तर समुचित प्रतिफल दिन सकिन्छ । साथै प्रतिफलको हकमा यस योजनाको १० बर्ष अवधिमा इकाईधनीहरुलाई न्यूनतम २१.४३ प्रतिशतका दरले बार्षिक प्रतिफल वितरण गर्न सकिने गरी प्रक्षेपण गरी धितोपत्र बोर्डबाट स्वीकृत लिएको अवस्था रहेको छ ।

यस योजनाले कुन क्षेत्रलाई लगानीको प्राथमिकता दिन्छ  ?

यस योजनाले संक्षेपमा भन्नु पर्दा सामुहिक लगानी कोष र धितोपत्रसंग सम्बन्धित ऐन,नियमावली तथा निर्देशिकाहरुको अधिनमा रहि विभिन्न सूचिकृत कम्पनीहरुमा लगानी गर्ने गर्छ तर त्यस्ता कम्पनीहरुको छनौट गर्दा हाम्रो आन्तरिक रणनीति बमोजिम आधारभूत तथा प्राविधिक विश्लेषणका आधारमा लगानी गर्न उपयुक्त कम्पनीहरुमा लगानी गर्नेछौँ । यसका साथ साथै शेयर मार्केटमा गर्ने लगानीमा कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गर्दै अल्पकालीन तथा दीर्घकालीन उदेश्यका साथ लगानी गर्ने रणनीति अवलम्बन गर्ने गछौँ ।

यस योजनाले  लगानीकर्ताहरुलाई कतिसम्म प्रतिफल वितरण गर्न सक्ने क्षमता राख्न सक्छ ?

हामीले यो योजनाले वार्षिक औसत २१.४३ % को प्रक्षेपित प्रतिफल दिन सक्ने प्रक्षेपण सहित यो योजना बजारमा लिएर आएका छौँ ।

सूचिकृत अरु फण्ड भन्दा यो के फरक छ ?

बजारका सबै फण्डहरुको प्रमुख उदेश्य भनेकै लगानीकर्ताहरुको जोखिम कम गरेर उच्च प्रतिफल दिने नै हुन्छ हाम्रो पनि दृढ संकल्प त्यही नै हो । अर्को पक्ष चाहिँ नेपालमा संचालन भईरहेका म्युचुअल फण्डका योजनाहरु नेपाल धितोपत्र बोर्ड मार्फत जारी भएका सामूहिक लगानी कोष नियमावली तथा निर्देशिका बमोजिम नै संचालन हुन्छन् जसले गर्दा योजनाहरुले लगानी गर्ने क्षेत्रहरु लगभग सबै योजनाका उस्तै नै हुने गर्दछन् तर फण्डको पूँजी परिचालन गर्ने प्रकृया, लगानी गर्ने कम्पनीहरुको छनौट जस्ता विभिन्न व्यवस्थापकीय र रणनीतिक कुशलता साथै अनुसन्धानमूलक लगानीको दक्षताका आधारमा योजनाहरुले बजारमा आफ्नो स्थान निर्धारण गर्ने गर्दछन् । जसमा हामी अग्रणी स्थानमा नै छौँ जस्तो लाग्छ । हामीले अहिले संचालन गरिरहेका अन्य योजनाहरुको प्रगतिलाई आधार मान्न सकिन्छ यसकाे अलावा एनआईबिएल समृद्धि फण्ड २ मा पनि हामीले लगानीकर्ताहरुलाई १० बर्षे अवधिमा न्यूनतम २१.४३ प्रतिशतका दरले बार्षिक प्रतिफल वितरण गर्ने लक्ष्यका साथ योजना लिएर आएका छौँ ।

बजार घट्दाको समयमा सामूहिक लगानी कोषको मूल्य घटेर आधार मूल्य भन्दा तलसम्म पुगेको थियो, यस योजनामा त त्यस्तो नहोला नि ?

सबै योजनाहरुको ठुलो हिस्सा शेयर मार्केट मै हुने गर्दछ अब स्वभाविक रुपमा बजारको उतार चढावको प्रभाव योजनामा पर्ने नै भयो तर हामीले आफुलाई दक्ष तथा अनुभवी योजना व्यवस्थापकको रुपमा प्रस्तुत गर्दै गर्दा के कुरा भन्नै पर्छ भने हामी जहिले पनि योजनाको समाप्त हुने अवधिलाई ध्यानमा राखेर लगानी गर्ने गर्छौ । यसरी विश्लेषण गर्दा हामीले लगानी गर्ने बजार र योजना दुबैको तुलना गरेर हेर्नुपर्छ । यसलाई म हाम्रै प्रगति फण्ड को उदाहरण बाट प्रष्ट पार्न चाहन्छु ।

प्रगति फण्ड मैले अघि भने जस्तै इक्वीटी वेस्ड योजना हो । जसको अर्थ यसमा हामी मात्र शेयरमा लगानी गर्दछौे । प्रगति फण्डले लगानी गर्दा बजार बुल साईकलको अधिकतम बिन्दुमा पुगी मार्केट साईकलको Distribution Phase मा थियो । २०७३ को चैत्र मसान्तमा प्रगतिको खुद सम्पत्ति मूल्य १०.७४ को थियो भने त्यही मितिमा नेप्से १७०९ को उचाईमा थियो । उक्त बिन्दुबाट नेप्सेले ११०२ को न्युनतम बिन्दु छुँदा प्रगतिले अहिले सम्मकै न्युनतम ७.२८ को खुद सम्पत्ति मूल्य बनायो । जस्को अर्थ नेप्से ५५.०८% घट्यो भने प्रगति ३२.२२ % घट्यो । एउटा इक्वीटी वेस्ड योजना बजार ५५.०८% ले झर्दा योजनाको खुद सम्पत्ति मूल्य ३२.२२% ले मात्र झरेको छ । यो एउटा जोखिम न्युनिकरण सहित दक्ष योजना ब्यवस्थापनको राम्रो उदाहरण हो ।

त्यही न्युन बिन्दुबाट यो वर्षको अन्त्य सम्ममा नेप्सेले बनाएको हालसम्मकै उच्च २७१४.७९ को बिन्दु लिँदा र त्यही मितिको प्रगतिको खुद सम्पत्ति मूल्य १७.६५ लिँदा नेप्से १४६% र प्रगती फण्ड १४२.४५ % बढेको छ । अब बजार र योजनाको बढाई र घटाई हेर्दा योजनाले बजार घट्दा जोखिम न्युनिकरण गरेको र बढ्दा समुचित मुनाफा आजर्न गरेको देखिन्छ । हुन त प्रगतिले प्रतिफल दिन नसकेको कुरा सुनिदैे आएको छ । विगत बर्षमा प्रतिफल बितरण गर्ने क्षमता हुँदा ,प्रतिफल बितरण को निम्ति योजनाको आर्थिक वर्षको अन्त्यमा खुद सम्पत्ति मूल्य १० भन्दा माथि कायम हुनु पर्ने ब्यवहारिक प्रकियाले बितरण गर्न नसकेका हौं । तर यो बर्ष आजको मितिसम्म प्रगतिले १७.६५ को खुद सम्पत्ति मूल्य कायम रहेको हुँदा हामी राम्रो प्रतिफल बितरण गर्न सक्ने अवस्थामा छौँ ।

तसर्थ यो एनआईबिएल समृद्धि फण्ड– २ योजनामा पनि जोखिम न्युनिकरण सहित समुचित मुनाफा दिनेमा हामी विश्वस्त छौं । हाम्रो यस विश्वासमा हाम्रो विगत ६.५ वर्षको योजना ब्यवस्थापनको व्यवहारिक अनुभवले दक्ष्य योजना ब्यवस्थापनमा अझ टेवा पु्याउने छ ।

अन्त्यमा यस योजनामा लगानी गर्ने आधारहरु के के हुन् र यस योजनामा लगानी गर्नका लागि के ले आकर्षित गर्दछ ?

मैले भरखरै भने झैँ, हाम्रो आफ्नै आन्तरिक रणनीति बमोजिम लगानीका लागि सूचिकृत कम्पनीहरुको छनौट गर्ने गर्छौ जसमा त्यस्ता कम्पनीहरुको वित्तीय अवस्था साथै अन्य आधारभूत र प्राविधिक पक्षका सूचांकहरुको विश्लेषण गरेर मात्र लगानी गर्ने गर्छौँ । यसका साथ साथै शेयर मार्केटमा गर्ने लगानीमा कम्पनीहरुलाई विभिन्न वर्गमा वर्गीकरण गर्दै अल्पकालीन तथा दीर्घकालीन उदेश्यका साथ लगानी गर्ने रणनीति अवलम्बन गर्ने गछौँ ।
यस योजनाको १० बर्षको वित्तीय प्रक्षेपणमा जुन किसीमको आधारभूत मान्यता र तथ्यलाई आधार मानिएको छ त्यो सबै समय सान्दर्भिक रहेका छन् ।

तर पनि योजनाको लगानी बजारको जोखिमभन्दा टाढा चाँहि अवश्य पनि रहेको छैन् यसमा पनि दोस्रो बजारको प्राविधिक पक्षलाई समेत दृष्टिगत गर्दा शेयर बजारको न्यूनतम पनि ३ वटा बुल ट्रेँडको अवसर पाउने समेत देखिन्छ जसका लागी यस योजनाको १० बर्षे अवधिमा गरिएका अल्पकालीन तथा दीर्घकालिन रणनितिक आधारले समेत हामीले लिएको वार्षिक औसत २१.४३ % को प्रक्षेपित लक्ष्य पुरा हुने विश्वास लिएका छौँ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।