हिमालयन उर्जा विकास कम्पनीको कम्पनी विश्लेषण

May 01, 2021 08:35 PM Merolagani



यस साताको अन्त्यतिर दोस्रो बजारका लगानीकर्ताहरु जलविद्युत कम्पनीतर्फ आकर्षित भएको देखिएका थिए। साताको अन्तिम कारोबार दिन यस उपसमूहको परिसूचक ३.२१ प्रतिशत बढेको थियो।

यसै उपसमूह अन्तर्गतको एक कम्पनीको हो हिमालयन उर्जा विकास कम्पनी (HURJA) । यस कम्पनीको शेयरमूल्य गत साता समग्रमा २४ रुपैयाँ बढेको थियो। अघिल्लो साताको अन्तिम कारोबार दिन ३६५ रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस साता ३८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी साता यस कम्पनीको शेयरमूल्य उकालो लागेमा ४५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, कम्पनीको शेयरमूल्य ओरालो लागेमा भने ३५० रुपैयाँमा टेवा पाउने देखिन्छ।
यस साता कम्पनीको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा कम्पनीको शेयरमा बाइङ्ग मोमेन्टम बलियो बन्दै गएको संकेत गर्दछ।

मूल्यसँगै कम्पनीको भोल्यूम पनि बढ्दै गएको देखिन्छ। गत साता कम्पनीको दैनिक औषतमा ५७ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको थियो। यससँगै कम्पनीको २० दिने औषत भोल्यूम ३४ हजार ४२९ कित्ता पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ६५.६८६ प्रतिशत बढी हो।

नेप्सेमा कम्पनीको ९९ लाख कित्ता शेयर सूचीकृत भएको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ। कम्पनीको १८० दिनको औषत मूल्य २५७ रुपैयाँ ८८ पैसा रहेको छ। कम्पनीको ५२ दिनेको उच्च मूल्य ३९० रुपैयाँ रहेको छ भने न्यून मूल्य ८७ रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्ममा कम्पनीले ३ लाख १२ हजार रुपैयाँ खुद नोक्सानी व्यहारेको छ। सो अवधिसम्ममा कम्पनीको जगेडा कोष ८४ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसा ऋणात्मक रहेको छ। कम्पनीको बुकभ्यालु ९९ रुपैयाँ १४ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो ३.९२ गुणा रहेको छ।

साताको अन्तिम कारोबार दिन कम्पनीको १४ दिने आरएसआई ६६.३९ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा कम्पनीको शेयरमूल्य अहिले बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

फियर एण्ड ग्रीड मिटरमा कम्पनी अहिले एक्स्ट्रीम ग्रीड जोनमा रहेको छ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।