नेप्सेको वृद्धिलाई भोल्यूमको साथ

May 02, 2021 03:40 PM Merolagani

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २.०७ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६११.११ विन्दुमा बन्द भएको नेप्से, यस दिन ५४ अंक बढेर २६६५.१० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। यस दिन २२६ कम्पनीको ८३ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री गरेको छ। नेप्सेसँगै भोल्यूममा पनि वृद्धि देखिएकोले लगानीकर्ताहरुमा उत्साह देखिएको छ। भोल्यूम सहितको वृद्धिलाई बलियो र दिगो मानिन्छ।

नेप्से बढेसँगै यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सिनर्जी पावर र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको हो।

यस दिन कारोबारमा आएका २२६ कम्पनीहरुमध्ये २५ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर न्यून रहेको छ। यस दिन कुनै पनि कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छैन।

कारोबार रकमका आधारमा यस दिन नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।