सातामा एक प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

May 08, 2021 01:40 PM Merolagani



यस साता नेप्से परिसूचक एक प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन २६११.१० विन्दुमा बन्द भएको नेप्से, यस साता २६.०३ अंक बढेर २६३७.१३ विन्दुमा बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये पहिलो कारोबार दिन उच्च अंक बढेपछि समग्रमा नेप्से बढ्न पुगेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ०.८६ प्रतिशत अर्थात ४.०२ अंक बढेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स ०.९७ प्रतिशत अर्थात १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ प्रतिशत अर्थात १ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकममा पनि सुधार भएको छ। यस साता बजारमा ३ लाख ९९ हजार पटकको कारोबारमा ३३ अर्ब ९६ करोड रुपैयाँ बराबरको ७ करोड ५६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि बढेको छ। गत साताको तुलनामा यस साता कुल बजार पूँजीकरण ३७ अर्ब रुपैयाँ बढेर ३६ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.६८ प्रतिशत बढेको छ। यस साता सो उपसमूहको परिसूचक २४३.९८ अंक बढेर ५४६२.५० विन्दुमा बन्द भएको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ। अघिल्लो साता २८२५.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २४.४३ अंक घटेर २८०१.२१ विन्दुमा झरेको छ।

यस साताको फ्लोरसिट विश्लेषण गर्दा प्राइम कमर्शियल बैंक, पाँचथर पावर कम्पनी, मेरो माइक्रोफाइनान्स लगायतका कम्पनीहरु मोस्ट पपुलर बाइ स्टकको सूचीमा परेका छन्। त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकको सूचीमा सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम २, सनराइज फस्र्ट म्युचुअल फण्ड, हिमालयन पावर पार्टनर लगायतका कम्पनीहरु परेका छन्।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।