करिब १९ अंक घट्यो नेप्से, दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

May 09, 2021 03:33 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १९ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से १८.५६ अंक घटेर २६१८.५६ विन्दुमा झरेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५४ अंक घटेको छ।

यस दिन बजारमा २१९ कम्पनीको ७५ हजार ४६ पटकको कारोबारमा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। समता घरेलु लघुवित्तको शेयरमूल्य यस दिन ७३ रुपैयाँ बढेर ८०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने रुरु जलविद्युत परियोजनाको ४९ रुपैयाँ बढेर ५४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन दुई कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा करोबार भएको छ। यस दिन महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। महिला लघुवित्तको शेयरमूल्य यस दिन ५०३ रुपैयाँ घटेको छ भने विशाल बजारको ६७१ रुपैयाँ घटेको छ।

यस दिन कारोबारमा आएका सबै उपसमूहका परिसूचक घटेका छन्। जसमध्ये व्यापार, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कुमारी बैंकको २८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।