प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

May 10, 2021 09:16 AM merolagani



प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि आज संसदको बैठक बोलाएका छन् । ओली नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना कम हुँदै गएको छ ।

ओली सरकारलाई समर्थन दिँदै आएको माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले पनि विश्वासको मत नदिने बताइसकेको छ भने जनता समाजवादी पार्टीको एउटा समूहले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनालपक्षधर २० सांसदले सामुहिक राजीनामा दिने तयारी गरिरहेका छन् । ओली र नेपालबीचको बिबाद मिलाउन गरेको प्रयास असफल भएको स्रोतको भनाइ छ ।

सत्ताधारी नेकपा एमालेको संसदमा बहुमत नरहेका कारण प्रधानमन्त्री ओलीलाई बहुमतका लागि अर्को कुनै ठूलो दलको सहायता आवश्यक छ । तर, उनलाई समर्थन गर्ने सम्भावना कम भएका कारण विश्वासको मत प्राप्त गर्न कठिन भएको राजनीतिक बिश्लेषकहरुको भनाइ छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि संसदको बिशेष बैठक दिँउसो १ बजे बस्दै छ ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।